घर बाहिर शौच गर्न गएका व्यक्तिमाथि गोली प्रहार

फागुन १८, महोत्तरी । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले हानेको गोली लागि गम्भीर घाइते भएकान छन् ।

विहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगी चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको जनाइएको छ ।

Loading...