एसीसी क्रिकेट: नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दियो

काठमाडौं, १८ फागुन । थाइल्याण्डमा जारी एसीसी इष्टर्न रिजन टी२० क्रिकेट प्रतियोगितामा नेपाल आज हङकङसँग खेलिरहेको छ । खेल नेपाली समय अनुसार सवा ८ बजे सुरु भएको छ । नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको छ । अहिले हङकङ ब्याटिङ गरिरहेको छ ।

नेपालले बलिङ रोजेको छ । हङकङ पहिलो खेल खेल्न लागेको हो भने नेपाल पहिलो खेलमा हिजो मलेसियासँग पराजित भएको थियो। पहिलो खेल हारेपछि अघिल्लो चरण प्रवेशको संभावना कायम राख्न नेपाल आज जित्नै पर्ने दबाबमा छ।

एशिया कप छनौटमा पुग्न शीर्ष दुईमा पर्नुपर्ने भएकाले आज पनि पराजित भए नेपालको संभावना झिनो र गणितीय मात्रै बाँकी रहनेछ। प्रतियोगिता अन्तर्गत आजै दिउँसो हुने अर्को खेलमा मलेसिया र थाइल्याण्ड भिड्नेछन्। पहिलो खेलमा नेपाललाई हराएको मलेसिया अपराजित यात्रा कायम राख्ने दाउमा छ भने थाइल्याण्ड पनि घरेलु मैदानमा पहिलो जितको खोजीमा रहनेछ।

Loading...