प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा जुम्लाका रतनले गरे जुत्ता प्रहार

काठमाडौं १८ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी प्रहार भएको छ । एक कार्यक्रममा उनलाई ताकेर एक व्यक्तिले जुता हानेका हुन । तर, त्यो जुता उनलाइ भने लागेन ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति दिवस कार्यक्रममा सम्बोधन गरिरहेकै समयमा प्रचण्डमाथि जुता प्रहार भएकाे हाे । 

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । जुता हान्रे जुम्लाका रतन तिरुवा रहेको प्रहरीले जनाएको छ । २०र२१ वर्षका रतन लोक सेवा आयोगको परीक्षा तयारीका क्रममा काठमाडौंमा आएका थिए ।

पक्राउ परेका रतनले प्रहरीसँग अाफ्ना बाबु मनु तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएको बताएकाे प्रहरी स्राेतले जनाएकाे छ ।

Loading...