गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर जिल्ला अदालत पुगे बाँस्कोटा

काठमाडौं, १६ फागुन । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा विजयप्रसाद मिश्रविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा लिएर जिल्ला अदालत पुगेका छन् ।

बाँस्कोटाले कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

‘म माथि झुठा आरोप लगाइयो, नैतिकताको प्रश्न पनि उठाइएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हुँ’, बाँस्कोटाले भने, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालि बेइज्जती विरूद्ध मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको सबैमा जानकारी गराउन चाहन्छु।’

निवर्तमान सञ्चारमन्त्री बास्काटाले सेक्युरिटी मुद्रण खरिद गर्ने विषयमा ७० करोड कमिसन मागेको अडियो मिश्रले सार्वजनिक गरेका थिए । जसका कारण मन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

Loading...