मालेका महासचिव मैनाली खतरामुक्त

काठमाडौं, १६ फागुन । नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना परि गम्भीर घाइते भएका हुन । गम्भीर घाइते भएका मैनाली अहिले भने खतरामुक्त रहेको काठमाडौं स्थित ग्राण्डी अस्पतालले जनाएको छ।

बिहीबार झापाबाट फर्किने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते भएका मैनालीलाई बिहीबार नै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । ‘उनि खतरामुक्त छन, हिजै हामीले उनको ‘थाई बोन’को अपरेसन गर्‍यौं ,’ अस्पतालका निर्देशका चक्रराज पाण्डेले भने, ‘उनको बुहारीको खुट्टाको अपरेसन र चालकको नाकको हड्डी भाँचिएकाले उपचार गरिएको छ ।’

झापाबाट काठमाडौं आउन लागेका मैनाली सवार बा७च २१३० नम्बरको कारलाई ना४च ७६६८ नम्बरको पिकअपले महोत्तरीको बर्दिबास नगरपालिका कालोपानीमा ठक्कर दिएको थियो।दुर्घटनामा मैनालीसहित छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका थिए। अहिले सबै जनाको अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए।

Loading...