फेरि घट्यो सुनको मूल्य

काठमाडौँ, १६ फागुन, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको छ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका संघका अनुसार आज शुक्रबार सुनको मूल्य ५ सयले घटेको हो ।

बिहिबार छापावाला सुन ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज शुक्रबार ५ सयले घटेर तोलामा ७९ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ७८ हजार ९ सय पुगेको छ ।

शुक्रबारको बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । बिहिबार ९ सय ५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैँयाले घटेर ८ सय ८० रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Loading...