लाखौं ठगेर फरार पूर्णिमा श्रीष प्रहरीको फन्दामा

काठमाडौं, १५ फागुुन । बैदेशिक रोजगारीका लागि फ्रान्स पठाउने नाममा लाखौ ठगी गरेर फरार पूर्णिमा श्रीषलाई प्रहरीले पक्राउ गरेको छ।

रुपन्देहीको तत्कालीन दुधराक्ष गाविस–५ घर भई हाल काठमाडौंको तरकेश्वर–११ बासुकीनाग मार्ग बस्दै आएकी गंगाबहादुर छन्त्यालकी छोरी भुपाल श्रीषकी श्रीमती ४३ वर्षीैया पूर्णिमालाई ३८ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

उनले फ्रान्समा प्याकिङ फुडको काममा आकर्षक तलब पाइने भन्दै शिरबहादुर थापासहित ३ जनाबाट रकम ठगी गरेको प्रहरीले अभियोग लगाएको छ। श्रीषमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...