फेरि बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको?

काठमाडौं, १५ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको छ । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य दुई सयले बढेको छ । बिहीबार सुन तोलाको ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार बजारमा सुन तोलाको ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन तोलाको ७९ हजार ४ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ९०० कायम गरिएको छ । चाँदी भने तोलाको ५ रुपैयाँ घटेको हो ।

Loading...