माघ २५ ,मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नु भएको छ । गत महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले गृह जिल्ला हेटाैँडामा आज पत्रकार सम्मेलन गरेर राप्रपाबाट आफु अलग भएकाे उहाले […]
मुख्य समाचार
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने
माघ २४ , काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो । आगामी जेठ ५ गते निर्वाचित पदाधिकारीहरुको समयावधिसकिँदै छ ।
देउवा जसरी पनि एमसीसी पारित गर्न लागेपछि प्रचण्डले आफ्ना मन्त्री फिर्ता बोलाउँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न अघि बढेपछि सरकार साझेदार दल नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन मार्फत आजै सरकारबाट बाहिरिने जानकारी गराएका हुन् । केही दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग मिलेर एमसीसी पारित गर्ने […]
दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्छ ः राष्ट्रपति
२३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका […]
बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाइ कारबाही गर्न पत्रकार महासंघको माग
माघ २१, काठमाडौँ – नेपाल पत्रकार महासंघले झापास्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ। अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघ झापा शाखाले जनाएको छ। महासंघ झापा शाखाका […]
पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च, पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आलग निगमले मंगलबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ बढाएको निगमले जनाएको छ । […]
जेठ ४ मा निर्वाचन गर्न तयारः निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो । स्थानीय तहको निर्वाचन जेठ ४ गते सम्पन्न गर्नका लागि परामर्श र सुझाव दिएपछि आयोगले विज्ञप्ति […]
एकै चरणमा स्थानीय तह निर्वाचन गर्न १२ अर्व खर्च आवस्यक : आयोग
माघ १८,काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन एकै चरणमा गर्न १२ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । प्रधान मन्त्री शेरबहादुर देउवासमक्ष आज पेस भएको ६ पृष्ठ लामो प्रस्तावको निर्वाचन खर्च सम्बन्धी शीर्षकमा आयोगले शीर्षकगत खर्चको विवरण उल्लेख गर्दै आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गरे पछी निर्वाचनका लागि आवश्यक अनुमानित […]
मरिससविरुद्ध दोस्रो खेलमा भिडन अलमुताइरीले गरे २ खेलाडी परिवर्तन
काठमाडौं । नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् । प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष […]
चितवनमा शिक्षक अस्पताल बनाउने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौं । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो […]











