सिरहा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियामाबारे जानकारी लिएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला उहाँले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार […]
मुख्य समाचार
मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ: प्रचण्ड
सिरहा, १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएको र यसको यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका […]
नेताहरूलाई पछि पार्दै अखिल(क्रान्तिकारी) को उपत्यका समिति बन्यो फुटसल प्रतियोगिताको बिजेता
भक्तपुर । वाइसीएल नेपालले शहीद सप्ताहको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा अखिल(क्रान्तिकारी) उपत्यका बिशेष प्रदेश समिति बिजेता बनेको छ । वाइसीएलको बागमती प्रदेश समितिको आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगितामा अखिल(क्रान्तिकारी) बिजेता बनेको हो । भक्तपुरको मध्यपुर थिमि-२ स्थित रोयल नेपाल फुटसल क्लबमा सम्पन्न प्रतियोगितामा नेता सुरज श्रेष्ठको कप्तानीमा उत्रिएको अखिल (क्रान्तिकारी) को उपत्यका बिशेष […]
प्रेस सेन्टरको उपत्यका प्रदेशमा लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व
काठमाडौं । प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश अध्यक्षमा लोकेश लिम्बु निर्वाचित भएका छन् । काठमाडौंको बिजुली बजारस्थित क्रीस्टल ब्याङ्क्वेटमा सम्पन्न दोस्रो अधिवेशनबाट लिम्बुको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा बुद्ध योन्जन समावेशी उपाध्यक्षमा श्याम तण्डुकार र महिला उपाध्यक्षमा सरिता थापा निर्वाचित भएका छन् । महासचिवमा भने रोशन क्षेत्री गाउँले निर्वाचित […]
राधिका शाक्यको करुणा सार्वजनिक
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफ्नो आत्मकथा सार्वजनिक गरेकी छन् । उनको आत्मकथा समेटिएको पुस्तक करुणा शनिबार सार्वजनिक गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओली र […]
स्थानीय तहबाट समाजवादको अभ्यास गर्न प्रचण्डको निर्देशन
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयले राजधानीमा आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमा रहेका पालिकाले समाजवादको अभ्यास शुरु गर्नु निर्देशन पनि दिए । […]
राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक: प्रचण्ड
पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएका हुन । भेलामा प्रचण्डले भने, ”संविधान निर्माणको […]
एकैपटक ६ हात्ती हताहत
श्रीलंकाको हबराना क्षेत्रमा बिहीबार ठूलो दुर्घटना भएको छ ।यात्रुवाहक रेल हात्तीको समूहसँग ठोक्किदा छ, ६ हात्ती हताहत भएका छन् । श्रीलंकाली समाचार माध्यमका अनुसार घाइते थप २ हात्तीको उपचार भइरहेको छ । श्रीलंकामा रेल र हात्तीबीचको यस्तो दुर्घटना सामान्य भइसकेको छ । वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्तीको मृत्यु […]
भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान !
भक्तपुर । भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान ! साउन यता ७ महिनामै यो सडकमा सवारी दुर्घटनाको संख्या १ सय ६० पुगेको छ । सल्लाघारी-पुरानोथिमि, सानोठिमी- मनोहरा सडकमा मात्रै साउन यता १ सय ६० वटा सवारी दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले यो सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्न तीब्र गति […]
प्रेम छोटालाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार दिइने
कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८१ प्रेम छोटाले पाउने भएका छन् । नेपाली लोकसाहित्य लोक कला, संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट पुरस्कृत हुने पहिलो विद्वान् सत्यमोहन जोशी थिए भने क्रमशः कृष्ण कँडेल, तुलसी दिवस, चूणामणि बन्धू, कुमार बस्नेत […]











