दिर्घ बहादुर शाही, डोल्पा । त्रिपुरा मा.वि. काइगाउँ, डोल्पाको केन्द्रमा आज भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यालयमा आज पहिलो दिन स्तरबृद्धि सहित १ सय ६५ जना परीक्षार्थीले परीक्षा दिए । नियमित परीक्षामा ८१ जना छात्र ७५ जना छात्रा सहभागी भएका छन् । परीक्षामा ३ जना छात्र र ४ जना छात्रा […]
मुख्य समाचार
कालापानी लिम्पियाधुरा जाने कुनै योजना छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक जाने कुनै योजना नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताएका हुन् । बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रधानमन्त्री ओलीके प्रतिप्रश्न गरे, ‘तपाई जाने योजनामा हुनुहुन्छ र ? सांसद तामाङले प्रधानमन्त्रीले […]
अब विद्युतीय कार ५ मिनेटमै चार्ज
न्यूजकारखाना, बेइजिङ । चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ । यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले नयाँ दाबी गरेको छ । कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क बनाउने घोषणासमेत गरेको छ । द गार्डियनको रिपोर्टका अनुसार ‘सुपर ई–प्लेटफर्म’ नामक यो प्रणाली १ […]
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज, आन्दोलन तयारी र रणनीति बनाउने
काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आगामी कार्यक्रम तथा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने उनले जानकारी दिएका छन् […]
भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौं देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा दश देशहरू समावेश छन् । यसमा अफगानिस्तान, इरान, सिरिया, क्युबा र उत्तर कोरिया […]
पाकिस्तानी सेनाको कारवाहीमा मारिए बिद्रोही, रेल यात्रुहरूको उद्धार
न्यूजकारखाना, काठमाडौँ । पाकिस्तानी सेनाले अशान्त बलुचिस्तान प्रान्तमा बन्धक बनाइएका रेल यात्रुहरूलाई उद्धार गरेको दाबी गरेको छ । सेनाले बलुच विद्रोहीहरूले २१ यात्रु र चार सैनिकको हत्या गरेको बताएको छ । यसअघि सुरक्षा बलले १९० यात्रुलाई उद्धार गरिएको बताएको थियो । रेल अपहरण गर्ने संगठन बलुचिस्तान लिबरेशन आर्मीले ५० बन्धकहरूलाई मारेको दाबी गरेको छ । […]
भक्तपुरमा ट्रकको ठक्करबाट गयो मोटरसाइकल चालकको ज्यान
भक्तपुरको मध्यपुर थिमि-३ गठ्ठाघर चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । भक्तपुरबाट काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १८८४ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ३१ प ४४४ नम्बरको मोटर साइकललाई बुधबार अपराह्न ठक्कर दिँदा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा भक्तपुर नगरपालिका-६ बस्ने ३६ वर्षिय श्यामकृष्ण कायस्थ रहेका […]
बेनिघाट रोराङ गाउँपालिकालाई प्रदेश सरकारको ग्रामिण अल्ट्रासाउन्ड मेसिन
बागमती प्रदेश सरकारले धादिङको बेनिघाट रोराङ गाँउपालिकालाई ग्रामिण अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठलाई बुधबार सो मेसिन हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्री थापाले दुर्गम क्षेत्रमा स्वास्थ्य सुविधा पुर्याउन यसले मद्दत गर्ने बिश्वास व्यक्त गरे । ग्रामीण क्षेत्रका गर्भवती महिलाको भ्रुण जाँचमा मेसिन प्रयोग […]
भ्रष्ट नेताका कारण जनताले राजसंस्था माग गरेका संयोजक राणाको भनाइ
बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन्। नेपाली जनताले राजसंस्था माग गरेको राणाको भनाइ छ। ‘भ्रष्ट नेताहरूको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ। धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य […]
कर्तव्य ज्यान कसुरमा ३७ वर्षदेखि फरार दुई पक्राउ
काठमाडौं । कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन्। फागुन २५ गते गम्भीरलाई रुपन्देही मायादेवी गाउँपालिका-८ बसडिलवा र तेजबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख […]











