कालापानी लिम्पियाधुरा जाने कुनै योजना छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक जाने कुनै योजना नभएको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताएका हुन् ।

बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रधानमन्त्री ओलीके प्रतिप्रश्न गरे, ‘तपाई जाने योजनामा हुनुहुन्छ र ? 

सांसद तामाङले प्रधानमन्त्रीले यी क्षेत्र बिर्सिएको व्यंग्यस्वरुप प्रश्न गरेका थिए ।

प्रश्नाेत्तर जारी रहेकाे छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न १० जना सांसदलाइ समय दिएका छन् ।