एसईई शुरु भएको २० मिनेटमै बाहिरियो प्रश्नपत्र

मुकेश कुमार यादव, सिरहा । सिरहामा एसईई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो ।

केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोवाईल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्राेतले जनाएको छ। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको भन्ने खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल दावी गर्छन् ।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारीे बासुदेव दाहालले एसईई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड जनशक्ति खटाएको बताए ।

उनले भने, ‘पात समेत हल्लिन दिएको छैन्, प्रश्नपत्र कसरी बाहिरिएको हाे, त्यसबारे अनुुसन्धान हुदैँछ।’

परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाए तापनि प्रश्नपत्र आउट हुँदा प्रहरी प्रशासन र केन्द्राध्यक्षहरुकै सेटिङ रहेको पुष्टि गरेकाे स्थानीयकाे आराेप छ ।