सिराहा । सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेली एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
बुधबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबासस्थित कार्यालयबाट खटिएको टोलीले साहलाई नगरपालिका कार्यालयबाटै घुससहित नियन्त्रणमा लिएको हो।
भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा उपभोक्ता समितिबाट घुस माग्दै गरेको सूचनाको आधारमा निगरानीमा राखिएको र सोही क्रममा एक लाख रुपैयाँ लिँदै गर्दा उनलाई समातिएको अख्तियार स्रोतले जनाएको छ।
हाल उनलाई नियन्त्रणमा लिएर आवश्यक मुचुल्का तयार पार्ने काम भइरहे छ।
मेयर रामपुकार नेकपा एमालेको उम्मेदवार रही निर्वाचित भएका हुन् ।







