अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने पक्राउ

प्रहरीको साइवर अपराध अनुसन्धान ब्यूरोले साइबर अपराधमा संलग्न भएको अभियोगमा एक युवकलाई पक्राउ गरेका छन् । अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने गरेको अभियोगमा उनी पक्राउपरेका हुन् । पक्राउ पर्ने व्यक्ति तनहुँका सविनराज मिश्र रहेका छन् ।उनले तनहुँको भानु नगरपालिकाकी एक १३ वर्षीया बालिकाको नाममा नक्कली फेसबुक आइडी बनाएको र उनका दिदीहरु लगायत आफन्तलाई अश्लिल फोटो, […]

पन्ध्र लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस रकम सहित रंगेहात समातिएका छन् । यसरी समातिने प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रवार साँझ नागढुंगामा पक्राउ गरेको हो । उनी घुसरकम सहित काठमाडौं हिडेको सूचनाको आधारमा पिछा गरेको अख्तियार टोलीले उनलाइ पक्राउ गरेको बताइएको छ ।बा२झ ४०९९ नम्बरकाे सरकारी […]

पाँच सय रुपैया लुटेर ज्यान लिने पक्राउ

ललितपुर । काभ्रेको धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका एक पुरुषको पाँच सय रुपैयाँमा ज्यान गएको छ । ५४ वर्षीय कामी सिंह तामाङको साथबाट पाँच सय रुपैयाँ लुटेर हत्या गरिएको हो । हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । घटनामा संलग्न रही फरार […]

प्रहरी हेडक्वार्टर बन्यो कोरोनाको हटस्पट, फेरि भेटियो २८ प्रहरीमा संक्रमण

काठमाडौं, १६ साउन । सुरक्षामा खटिने प्रहरीमा नै काेराेना संक्रमणले त्रास उत्पन्न गराएकाे छ । नेपाल प्रहरीकाे हेडक्वार्टरमा नै धेरै संक्रमित भेटिएका छन् । पछिल्लाे २४ घन्टामा मात्र प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । यसअघि प्रहरी प्रधान कार्यालयकाे सवारी र सञ्चार शाखामा कार्यरत […]

विरगञ्जमा जगदम्बा इन्टरप्राइजेजका सिइओको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, १६ साउन । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कोरोना संक्रमणको कारण मृत्यु भएको छ। वीरगञ्जमा बस्दै आएका जगदम्बाका सिइओ भारतीय नागरिक हुन्। उनको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। उनलाई साउन ७ गतेदेखि आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल भएपछि बिहीबार दिउँसोदेखि […]

चीनविरुद्ध किन बजाइरहेछन् ट्रम्पले शीतयुद्धको चर्को ढोल

वर्तमानलाई बुझ्न हामी जहिले पनि अतीततर्फ नियाल्ने गर्छौँ। केही अघिसम्म अमेरिका र चीनबीचको प्रतिद्वन्द्वितालाई व्याख्या गर्न प्राचीन ग्रिसका एक विद्वानको सहारा लिने प्रचलन थियो। एथेन्सका ती इतिहासकार थुसाइडिडसले प्रभुत्वशाली शक्ति र उदाउँदो शक्तिबीच द्वन्द्व अवश्यंभावी हुने बताएका थिए। अहिले अमेरिका–चीन द्वन्द्वको तुलना सोभियत कम्युनिज्मसँग पश्चिमाहरुको लडाइँ, अर्थात् शीतयुद्धसँग हुने गरेको छ। हेर्दा उस्तै लागेपनि यो […]

बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो […]

कुवेतले लगायो नेपालीलाइ आफ्नो देश प्रवेशमा रोक

काठमाडाैं । कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्। कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ। कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन्। उडान खुले […]

न्यायाधिशलाइ नै कोरोना संक्रमण भएपछि उच्च र जिल्ला अदालत बन्द

जनकपुर । प्रदेश २ काे उच्च अदालतका एक न्यायाधिशलाइ काेराेना संक्रमण भएकाे छ । न्यायाधिशलाइ नै काेराेना संक्रमण भएपछि जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषा निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु बन्द गरिएका छन् । उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला […]

नेपाली नेताहरुप्रति हरिवंशको चोटिलो प्रहार ‘तिमी के को जान्ने, म पो जान्ने सुन्ने’

काठमाडौं । गाइजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ । गीतमा […]