लुटेरा भन्दै युवकको हत्या, १४ जना पक्राउ

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका […]

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । शनिवार राति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकोले मूल्यसमायोजन मात्र गरेको निगमको जिकिर छ । […]

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रोकायाको निधन

सिमकोट । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य जयबहादुर रोकायाको निधन भएको छ । लामाे समयदेखि कान्तिपुर दैनिकमा काम गरिररहेका पत्रकार राेकायाकाे पक्षघातका कारण मृत्यु भएकाे हाे । नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष समेत रहेका रोकायाकाे हुम्लाकाे सदरमुकामस्थित घरमै निधन भएकाे हाे । ६ दिनअघि पक्षघात भएर सिक्सित विरामी भएका राेकाया सिमकाेटस्थित आफ्नै घरमा […]

तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अस्वभाविक रकमसहित नागढुंगाबाट पक्राउ

घोराही, १७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काठमाडाैमा पक्राउ परेका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले समातेकाे हाे । उनलाइ अायाेगकाे केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले ठूलाे रकमसहित पक्राउ गरेकाे जनाएकाे छ ।  उपाध्यायकाे साथबाट १ लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट […]

कर्मचारीले कार्यकक्षमै कुटे उपसचिव प्रेम सञ्जेललाइ

विराटनगर, १७ साउन । भ्रष्टाचारका विरुद्ध खराे अभिव्यक्ति दिएर चर्चामा अाएका उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट भएकाे छ । हाल श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि कर्मचारीले नै कुटपिट गरेकाे खुलेकाे छ । सञ्जेललाइ विदाका दिन शनिवार कुटपिट भएकाे हाे । शनिवार विराटनगर कार्यालयमा करार सेवामा कार्यरत २ महिला कर्मचारीले कुटपिट गर्दा सञ्जेलकाे अनुहारमा […]

‘इनफ इज इनफ’काे निरन्तर, आन्दोलन निरन्तर गिरफ्तारी

काठमाडौं, १७ साउन । काठमाडौंको हाँडीगाउँबाट प्रहरीले इनफ इज इनफका अभियन्ताहरुलाइ पक्राउ गरेको छ । सरकार विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका इनफ इज इनफको आन्दोलनमाथि सरकारले निरन्तर हस्तक्षेप गर्दै आएको छ । सरकारले मेडिकल सामग्रीमा चरम भ्रष्टाचार गरेको, पिसिआर परीक्षणको दायरा वृद्धि नगरेको, भएका साधन स्रोतको प्रयोग नगरेको, क्वारेन्टिन रणनीति सुधार नगरेको, राहत र सुरक्षा […]

सुरक्षामा खटिएका प्रहरीमा संक्रमण पुष्टि भएपछि सभामुखको स्वाव परिक्षणका लागि लगियो

काठमाडाै‌, १७ साउन । संघीय संसदकाे प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सुरक्षामा खटिएका प्रहरीमा काेराेना पाेजिटिभ देखिएपछि सभामुखसहित उनकाे सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरुकाे स्वाव परिक्षणका लागि संकलन गरिएकाे छ । संक्रमित प्रहरी हेडक्वार्टरमै बस्ने गरेका थिए। पछिल्ला दिनमा प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमित धेरै भेटिएपछि उनको […]

एकता जोगाउने नाममा पार्टीभित्र बहस छलफल रोक्न नहुने भन्दै कड्किए प्रचण्ड

काठमाडौँ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता अक्षुण राख्ने नाममा पार्टीको एकता जोगाउने नाममा पार्टीभित्र बहस छलफल रोक्न नहुने बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो धारणा व्यक्त गरेका हुन् । उनले पार्टीमा गलत विचार र […]

अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने पक्राउ

प्रहरीको साइवर अपराध अनुसन्धान ब्यूरोले साइबर अपराधमा संलग्न भएको अभियोगमा एक युवकलाई पक्राउ गरेका छन् । अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने गरेको अभियोगमा उनी पक्राउपरेका हुन् । पक्राउ पर्ने व्यक्ति तनहुँका सविनराज मिश्र रहेका छन् ।उनले तनहुँको भानु नगरपालिकाकी एक १३ वर्षीया बालिकाको नाममा नक्कली फेसबुक आइडी बनाएको र उनका दिदीहरु लगायत आफन्तलाई अश्लिल फोटो, […]

पन्ध्र लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुस रकम सहित रंगेहात समातिएका छन् । यसरी समातिने प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रवार साँझ नागढुंगामा पक्राउ गरेको हो । उनी घुसरकम सहित काठमाडौं हिडेको सूचनाको आधारमा पिछा गरेको अख्तियार टोलीले उनलाइ पक्राउ गरेको बताइएको छ ।बा२झ ४०९९ नम्बरकाे सरकारी […]