काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज […]
मुख्य समाचार
पार्टी गम्भीर सङ्कटबाट गुज्रिरहेकाे छ, पुनर्गठन गराैँ : प्रभाकर
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीबारे उठेको भ्रम र तथ्यहरूलाई गहिरो गरी बुझ्न आग्रह गरेका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले चार बुँदामा भ्रम र तथ्यहरू बुझ्न आग्रह गरेका हुन् । विशेष महाधिवेशनले पार्टी भित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, साङ्गठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना […]
विप्लवले गरे चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव अघि सारेका छन्। मंगलबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकमा संयोजकसमेत रहेका विप्लवले मोर्चा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै हाललाई स्थगन गर्न प्रस्ताव राखेका हुन्। बैठकमा उपस्थित स्रोतका अनुसार विप्लवले भने, “मोर्चाभित्र समय […]
जब सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्किए …
काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् । सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् । […]
दल नेतामा बहादुरसिंह अल्पमतमा, बानियाँलाई मुख्यमन्त्री बन्ने ढोका खुला
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएको छ। गत ९ गते पेश गरिएको सो प्रस्तावलाई प्रदेश सभा संसदीय दलको विधान अनुसार मंगलबार बसेको बैठकमा अन्तिम निर्णय लिइएको हो। बैठकमा नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षक राजेन्द्रकुमार के.सी.को उपस्थितिमा अविश्वास प्रस्तावमाथि मतदान भएको थियो। कुल ३७ […]
कांग्रेसका दुई सांसदले फिर्ता लिए लामाविरूद्धको अविश्वास प्रस्ताव
हेटौंडा । बागमती प्रदेश सभाका दुई सांसदले मुख्यमन्त्री बहादुर सिंह लामाविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छन् । कांग्रेस सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले जानकारी नै नगराई आफूहरुलाई हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी गराएका छन् । ‘अविश्वासको प्रस्तावमा हामीसमेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा […]
जनकपुरधाममा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या, २ घाइते
हेटौंडा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । अन्य दुईजना घाइते छन् । कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको हो । २६ वर्षीय आशा यादव र राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मधेश प्रदेश प्रहरी प्रमुख […]
एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण, अङ्गदानमा महिला अगाडि
भक्तपुर । भक्तपुर-१ दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनाको अवधिमा ३० जनाको सफल मिर्गौला प्रत्यारोपण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ । गत असार महिनामा सम्पन्न यी सबै प्रत्यारोपणहरू शतप्रतिशत सफल समेत भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १ सय ८६ मृगौला र ८ कलेजो प्रत्यारोपण भएका केन्द्रले जनाएको छ । यसै […]
सिन्धुलीको हायु परिवार फेला, सामाजिक सञ्जालभरि ‘रेला’!
सिन्धुली । चार दिनदेखि बेपत्ता रहेका सिन्धुलीको गोलन्जोर-६ स्थित दुर्गम गाउँका हायु परिवार सम्पर्कमा आएका छन् । १६ जना सदस्यसहितको एकै परिवार बेपत्ता बनेको खबरले सोमबार देशभर सनसनी मच्चिएको थियो । उनीहरू पोखरामा सकुशल फेला परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्ठि गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३० गगनगौंडास्थित दुई स्थानीयको घरमा उनीहरू फेला परेका बताइएको […]
सूर्यविनायक खेलकुद विकास समितिको सदस्य सचिवमा दिपक थापा नियुक्त
भक्तपुर । सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिको सदस्य सचिव पदमा दिपक थापा नियुक्त भएका छन् । सोमबार नगर प्रमुख बासुदेव थापाले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन्। सो अवसरमा नगर प्रमुख थापाले दिपक थापाले यस अघि खेलकुद क्षेत्रमा देखाएको सफल नेतृत्वको प्रशंसा गर्दै आगामी दिनमा समितिको सशक्त नेतृत्व गर्ने अपेक्षा गरे।“नगरपालिकाले उहाँमाथि ठूलो आशा राखेको […]










