काठमाडौं । सरकार आइतबार बिदा दिने निर्णयबाट पछि हटेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन विदा दिने यसअघिको निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ । यसअघि वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै सातामा शनिबार […]
मुख्य विशेष
सिंगल इन्जिन हेलिकप्टरमा दुई पाइलट राख्न सम्भव नहुने
काठमाडौं । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक […]
विद्युत प्राधिकरणलाई तार काटेकोमा आइस्पानले दियो यस्तो चेतावनी
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पोलभाडाको निहुँमा विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकहरुका डेटा सेन्टर, पीओपीमा प्रयोग भइरहेको विद्युत लाइन काटेको भन्दै जुनसुकै बेला इन्टरनेट सेवा अबरुद्ध हुने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दिएको छ। इन्टरनेट सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाइन काटिएको भन्दै आइस्पानले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको जनाएको छ। यता […]
बजेटमा समेटिएका कर्णालीका योजनाहरु
सुर्खेत । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार संसदमा प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा कर्णालीका थुप्रै योजनाहरु समेटिएका छन् । यद्यपि योजनाका लागि बजेट भने उल्लेख गरिएको छैन् । कतिपय अघिल्लो आर्थिक वर्षका योजनाहरु समेटिएका छन् भने केही नयाँ योजनाहरु पनि समेटिएको छन् । विशेषगरी कर्णालीको कृषि क्षेत्रलाई बजेटमा प्रमुख […]
घाटामा १९ सरकारी संस्थान, २२ संस्थानले कमाए नाफा
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये १९ नोक्सानीमा गएका छन् । २२ वटा संस्थानले मात्रै नाफा कमाएको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ । सर्वेक्षणअनुसार नाफामा सञ्चालन भएका संस्थानहरूबाट आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश पाएको छ । आर्थिक वर्ष २०७६/७७ को लाभांश १४ […]
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले गरेका सबै निर्णय सर्वच्चद्वारा बदर
काठमाडौँ, १२ जेठ । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वच्च अदालतले बदर गरिदिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम आदेश गर्दै आज बिहिबार सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा […]
बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु
गोरखा, १२ जेठ । गोरखा र धादिङको सिमाना भएर बग्ने बुढीगण्डकी खोलामा ड्याम निर्माण गरि जलविद्युत् आयोजना बिस्तार गर्दा डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ । आयोजनाको मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले प्रभावितको खातामा रकम निकासा गरेको हो । आयोजनाको मुआब्जा, वातावरण तथा पुनःस्थापना इकाई प्रमुख जगतकुमार श्रेष्ठले पहिलो चरणमा […]
भरतपुरमा दाहाल र ललितपुरमा महर्जन दोहोरिए, वीरगन्जमा पनि गठबन्धनका सिंह विजयी
देशको ६ महानगरपालिका मध्ये थप चार महानगरपालिकाका अन्तिम परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार भरतपुर, वीरगन्ज र ललितपुर र पोखरा महानगरपालिको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो भने यसअघि नै विराटनगरको नतिजा आइसकेको छ भने काठमाडौं महानगरमा मतगणना जारी छ । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरमा प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट […]
मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु
हेटाैंडा । हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर स्पिडका कारण […]
फस्ट रनरअप सुस्मितामाथि बलात्कार घटनाः पीडित युवतीको घरमा पुग्यो प्रहरी
काठमाडौँ । ब्युटी प्याजेन्ट बलात्कार घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । २०७१ सालमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको हो । प्रहरीले उनीसँग सामान्य सोधपुछ गर्नुका साथै काउन्सिलिङ समेत गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली उनको घरमा पुगेको हो । कार्यालयका प्रमुख एसएसपी […]











