काठमाडौं, पुस ८। विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा […]
मुख्य विशेष
व्यापार घाटा ५४ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब पुग्यो
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको पाँच महिनामा रु पाँच खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालू आवको सोही अवधिमा रु नौ खर्ब ४१ अर्ब पुगेको छ । भन्सार विभागद्वारा विहीबार जारी पछिल्लो तथ्याङ्कानुसार गत आवका तुलनामा […]
खुला महिलातर्फ केन्द्रीय सदस्यको मत गणना गर्दै कांग्रेस
काठमाडौं, पुस ४ । नेपाली कांग्रेसले खुला महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणनालाई अगाडि बढाएको छ। आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो। आज बिहान ९ बजेदेखि फेरि मतगणनालाई अघि बढाइने निर्वाचन समितिले जनाएको छ। अहिलेसम्म कसले कति […]
महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाटै राजिनामा दिए मिनेन्द्रले
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाटै राजिनामा दिएका छन् । डा. रिजाल डा. शेखर कोइराला प्यानलमा रहेर महामन्त्री पदमा उम्मेदवार भएका थिए । रक्षामन्त्री रहेका रिजालले पार्टीभित्र आफ्नो अवस्थाबारे अवगत भएको भन्दै विहीबार रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्रीलाई एक पत्र लेख्दै पार्टीमा आफ्नो अवस्था […]
सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त, ज्ञानेन्द्रसहित ४ खेलाडीमाथि कारबाही
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष क्रिकेट टिमका ४ जना वरिष्ठ खेलाडीमाथि कारबाही गरेको छ । क्यानसँगको सेन्ट्रल कन्ट्र्याक्ट विवादमा मुछिएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, फास्टबलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले कारबाही गरेको छ । क्यानको बोर्ड बैठकले बुधबार उनीहरु ४ जनालाई २०२२ को पहिलो ६ महिना सेन्ट्रल कन्ट्र्याक्टबाट निलम्बन गर्ने […]
कांग्रेस सभापतिमा देउवा विजयी
काठमाडौँ- कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। उनले २७३३ मत पाएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो। यसमध्ये ४५८८ मत सदर भएको थियो। कांग्रेसभित्र उठेको नेतृत्व परिवर्तनको हुटहुटीलाई केवल एक दिवास्वप्न बनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा फेरि एकपटक कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। उनले सभापतिका अर्का प्रत्यासी शेखर कोइरालालाई पराजित गरेका हुन्। पहिलो […]
एमसीसीको नेपालस्थित कार्यालय घेराउ
काठमाडौं । विभिन्न दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन्। सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन्। घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेर्स्याइएको तरबार भएको बताए। उनले एमसीसी खारेज […]
शेयर बजारमा ७९ अंकको गिरावट
काठमाडौँ । लगातार घटिरहेको शेयर बजारलाइृ थप नकरात्मक प्रभाव पार्ने सत्ता गठबन्धनको एक महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आयो। जसको प्रभाव सोमबारको शेयर बजारमा परेको छ । सोमबार १३ वटै उपसमूहका परिसूचक राताम्मे बन्दा बजार मापक परिसूचक नेप्से ७९.५७ अंकले घटेर २२८१.६७ को बिन्दुमा झरेको छ । प्रचण्डले शनिबार पार्टीको […]
एमालेले तोक्यो सातै प्रदेशमा आफ्ना इन्चार्ज
काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशमा आफ्नो इन्चार्ज तोकेको छ। भक्तपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकले आइतबार सातै प्रदेशमा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको हो। एमालेले प्रदेश १ मा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, बागमतीमा काशिनाथ अधिकारी तथा गण्डकीमा पद्मा अर्याललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो। यस्तै लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र […]
रसुवा बन्यो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला
रसुवा । रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी खोप लगाउन योग्य सबैलाई पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए । खोप लगाउन योग्य […]











