नेपाल प्रधानाध्यापकहरुको अन्तराष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचित

काठमाडौं । इन्टरनेशनल कन्फिडेरेशन अफ प्रिन्सिपल (आइसीपी)को २१ सदस्यीय काउन्सिल सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदाम प्रसाद गौतम निर्वाचित भएका छन् । अफ्रिकन देश केन्यामा भएको अधिवेशनबाट गौतमले एशिया प्यासिक क्षेत्रबाट सबैभन्दा बढी मत ल्याइ निर्वाचित भएका हुन् । केन्यामा ३ दिने साधारण सभाबाट आइसीपीको नयाँ नेतृत्व चयन हुँदा एशिया प्यासिफिक रिजनबाट नेपालमात्र निर्वाचित भएको हो । […]

स्र​ष्टा एव​म् र​ङ्ग​कर्मी केदार श्रेष्ठ​ले पाउने भए मोती पुर​स्कार

२०८१ भाद्र कृष्णाष्टमी   राष्ट्रिय​ युवा कोष​ले ह​रेक व​र्ष​ प्र​दान ग​र्दै आएको युवाव​र्ष​ मोती पुर​स्कार य​स​ व​र्ष​ स्र​ष्टा एव​म् र​ङ्ग​कर्मी केदार श्रेष्ठ​लाई प्र​दान ग​रिने भ​एको छ।   व​रिष्ठ​ साहित्य​कार प्रा. राम​कुमार पाँडेको स​ंयोज​कत्व​मा ग​ठित मूल्याङ्कन स​मितिको सिफारिसअनुसार वि. स​ं २०८१ को युवाव​र्ष​ मोती पुर​स्कार श्रेष्ठ​लाई प्र​दान ग​रिने निर्ण​य​ भ​एको हो।   युवा कोष​का स​द्स्य​ स​चिव​ […]

क्यानडामा विण्डसोर साहित्यिक सम्मेलन सम्पन्न

विण्डसोर, क्यानडा साहित्य परिषद् भूटानको आयोजनामा क्यानडाको विण्डसोरमा ‘विण्डसोर साहित्यिक सम्मेलन २०२४’ भव्य रूपमा सम्पन्न भएको छ। यही सन् २०२४ अगस्ट १७ तारिखमा परिषदको क्यानडा शाखाको व्यवस्थापनमा साहित्यिक सम्मेलन आयोजना गरिएको हो । क्यानडा, अमेरिका, अष्ट्रेलिया लगायत विभिन्न देशका साहित्यकारहरूलाई समेटेर गरिएको सो सम्मेलनलाई भाषिक अभियानको कोशेढुंगाको रूपमा लिएका छन् । नेपाली मूलका भूटानीहरूले नेपाली […]

बागमती विशेष काव्योत्सव सम्पन्न

२०८१ भदौ ४ मंगलवार । बागमती रीभर फेस्टिवल महाजल यात्रा अभियानअन्तर्गत बागमती विशेष काव्य उत्सव सम्पन्न भएको छ।   फ्रेन्ड्स क्लव कुपन्डोल र अनेसास नेपाल च्याप्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्रमुख आतिथ्यता नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे रहेका थिए ।   कार्यक्रममा विशेष अतिथि बागमती रिभर फेस्टिभलका संयोजक राजिव पौडेल, बागमती अभियन्ता मेघ […]

कवि प्रद्युम्न जोशी र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पुरस्कृत

२०८१ साउन ३२, काठमाडौं । नेपाली शिक्षा परिषद्ले आफ्नो ७४ औं वार्षिकोत्सवको अवसरमा कवि प्रद्यूम्न जोशीलाई नगद राशि ५० हजारसहित “गोपाल पाँडे असीम पुरस्कार २०८१” प्रदान गर्यो ।  यसैगरी शिक्षाविद् विद्यानाथ कोइरालालाई नगद राशि १ लाख एक हजारसहित “लेबाल त्रिरत्न पुरस्कार २०८१” प्रदान गर्‍यो । दुबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कुटनीतीज्ञ प्रा.डा. जयराज आचार्यले विशेष […]

गठ्ठाघर दुर्घटनाको हालसम्म पनि मृतकको सनाखत हुन सकेन

साउन ३१ , भक्तपुर भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी ज्यान गुमाएको स्कुटी चालकको गलत पहिचान दिने दोलखा मेलुङ्गका राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीले घटनास्थलमा आएर मृतक आफ्नो बहिनी भएको भन्दै गलत पहिचान दिएको प्रहरीको आरोप छ । नेपालीले मादक पदार्थ सेवन समेत गरेको देखिएको प्रहरी वृत्त थिमिले बताएको […]

साहित्यिक पत्रकार संघको ५३ औं वार्षिकोत्सवमा सर्जकहरु सम्मानित

२०८१ साउन २९, काठमाडौं। साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवसको अवसर पारेर आज एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यिक साधकहरू र कलाकारलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कलाकार के.के.कर्माचार्यको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा भएको सो […]

मन्त्री पौडेलको घोषणाः सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र खोलिने 

साउन २९, भक्तपुर  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ। विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई सम्मान गर्दै, मन्त्री पौडेलले आफ्नो कार्ययोजनामा अङ्गदान केन्द्र स्थापनाको विषयलाई समेटिएको जानकारी दिनुभयो।    उहाँले सातवटै प्रदेशमा केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन गर्ने योजना […]

हसिना बिरुद्ध बंगलादेशको अदालतमा पहिलाे मुद्धा, स्वदेश फर्किए पक्राउ पर्न सक्ने

काठमाडौ , २९ साउन । यहाँको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्धा दर्ता गरिदिएको छ ।   राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो।   अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई […]

पेरिस ओलम्पिक आज रातीबाट अन्त्य हुदै

काठमाडौ  । पेरिस ओलम्पिक २०२४ आजवाट अन्त्य हुन लागेको छ ।  नेपाली समय समय अनुसार सो समापन समारोह आज राति १२ः४५ वाट सुरु हुनेछ । पेरिस ओलम्पिकको समापन समारोह उत्तरी पेरिसको स्टेड डे फ्रान्समा हुने भएको छ।   प्रशंसकहरूले यसको लाइभ स्ट्रिमिङ निःशुल्क हेर्न सक्षम हुनेछन्। टिभीको कुरा गर्ने हो भने स्पोर्ट्स १८ च्यानलमा प्रसारण […]