उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’को आज २०८१ साउन २६ गते बिहान एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ। साहित्यिक पत्रकार सङ्घद्वारा आयोजना गरिएको कार्यक्रम अनामनगरस्थित डालो रेष्टुरेण्टमा सम्पन्न भएको हो। सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा प्रा.डा.जयराज अवस्थीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, समालोचकत्रय प्रा.डा.गोविन्दमानसिंह कार्की, प्रमोद प्रधान […]
ब्यानर न्यूज
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?
काठमाडौँ । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक छ । तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् । अध्ययन […]
नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहिन बनेको थियो । हेलिकप्टरमा क्याप्टेनसहित चार जना विदेशी सवार रहेको बताइएको छ । प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु […]
बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ ५ बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका हुन् । नयाँ सरकार गठनको आह्वान भएसँगै […]
सेन्ट्रल कलेजमा गुरुहरु सम्मानित, विश्वविद्यालय बनाउने अध्यक्षको उद्घोष
काठमाडौ । गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरुप मानी साक्षात परमात्मा परमेश्वरको दर्जा दिएर सम्मान गरिने पर्व गुरु पूर्णिमाको अवसरमा सेन्ट्रल कलेज सिनामंगलका शिक्षकहरु सम्मानित भएका छन् । कलेजका विद्यार्थीहरुले एक सम्मान कार्यक्रमको आयोजना गरी गुरुहरुलाई सम्मान गरेका हुन् । आइतबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा खादामाला, दोसल्ला र प्रशंसा पत्रले गुरुहरुलाई सम्मान गरिएको हो । […]
नौबिसे-मलेखु सडक आजदेखि रातीमा बन्द गरिने
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर […]
युरोकपको सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड भिड्दै
काठमाडौँ । युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्डस र ईङल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शरू हुदै छ । नेदरल्याण्डसले क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने ईङल्याण्डले स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ । नेदरल्याण्डसले यो सहित […]
नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण […]
आस्था महिला विद्यालयमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच, ३८ जनाले गरे रक्तदान
भक्तपुरको मध्यपुर थिमि-३ स्थित आस्था महिला बैकल्पिक विद्यालयको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ भने सो अवसरमा ३८ जनाले रक्तदान गरेका छन् । शुक्रवार विद्यालय प्राङ्गणमा सम्पन्न स्वास्थ्य शिविरमा २ सय ४० जनाले नि:शुल्क स्वास्थ्य परीक्षण गराएका र ३८ जनाले रक्तदान गरेका विद्यालय व्यवस्थापन समितिका सदस्य एवं युवा […]
राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ
२० असार, चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने […]










