काठमाडौँ ।टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । जुन २९ मा विश्वकप जितेको भारतीय टिम विहिबार बिहान नयाँ दिल्ली पुगेको हो । वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन […]
ब्यानर न्यूज
विद्यालयको कक्षा कोठामा पानी पसेपछि पठनपाठन अवरुद्ध
सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित एउटा सामुदायिक विद्यालयको चौतर्फी पानी जमेपछि पठनपाठन अवरुद्ध भएको छ । जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको कक्षाकोठा भित्र वर्षातको पानी जमेपछि पठनपाठन अवरुद्ध भएको हो । कक्षाकोठासंगै बर्षाको पानी विद्यालयको प्राङ्गणमा समेत जमेपछि अध्ययनरत बालबालिका लाई कठिनाई भएको छ। दुर्गा भगवती १ स्थित जनता प्राथमिक विद्यालयको […]
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आजै सार्वजनिक गरेको नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । कार्यालयले जारी गरेको सूचना […]
डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौँ । अस्ट्रेलिया टी- २० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यस अघि नै सन्यास लिएका थिए । वार्नरले अस्ट्रेलियाका लागि ११० टी- २० खेलेका छन् । जसमा ३३.४३ को औसतमा ३२७७ रन बनाएका छन् । साथै उनले २८ अर्धशतक र एक शतक […]
अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्धा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा दुई जना ठेक्का पाएका कम्पनिका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो । अख्तियारले जनही ३८ करोड ६७ […]
गोल्डेन सुनगाभा संसदको अधिवेशन तथा बालबालिकासँग सभामुख घिमिरे
भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘गोल्डेन सुनगाभा संसद् अधिवेशन’मा सभामुख देवराज घिमिरे सहभागी भएका थिए । यहाँका विद्यार्थीहरूले उनलाई प्रश्न गरे, ‘कानुन बनाउने थलोमा अमर्यादित क्रियाकलाप किन हुन्छन्, अत्यावश्यक कानुन पनि समयमै किन बन्दैनन् , शिक्षा विधेयक संसदमा रोकिएको पनि धेरै भइसक्यो ? यसलाई छलफलमा लगेर टुङ्याउने केले रोकेको होला ? […]
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
काठमाडौँ २०८१ असार ०३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज साँझ भएको भेटमा उनीहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा […]
सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने
काठमाडौँ, २०८१असार ०३ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो । चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी […]
आना स्टरले पाइन् कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालको लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार
सन् २०२४ जून ३ वोस्टन, अमेरिका विसं. २०८० साल फागुन ६ फलेवास पर्वत नेपालमा घोषणा गरिएको कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार एक विशेष समारोहका बिच आना स्टरलाई बितरण गरियो । उक्त पुरस्कार नेपालको संस्कृति एवं लोकसाहित्यका अनुसन्धानदाता श्रष्टा कालीभक्त पन्तको नाममा स्थापित भएको हो । प्रतिष्ठानका अन्तर्राष्ट्रिय संयोजक महेश्वर पन्तले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका संरक्षक […]
उर्मिला सुवेदीको सतहत्तर सरगम सार्वजनिक
२०८१ जेठ १८ गते शुक्रबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य तथा बाल साहित्यकार उर्मिला सुवेदीको बालकवितासङ्ग्रह सतहत्तर सरगम कृति गत जेठ १५ गते मंगलबार सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको आयोजनामा उक्त कृतिको लोकार्पण समारोह भएको हो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सीको सभापतित्वमा भएको लोकार्पण समारोहका प्रमुख अतिथि […]











