स्र​ष्टा एव​म् र​ङ्ग​कर्मी केदार श्रेष्ठ​ले पाउने भए मोती पुर​स्कार

२०८१ भाद्र कृष्णाष्टमी
 
राष्ट्रिय​ युवा कोष​ले ह​रेक व​र्ष​ प्र​दान ग​र्दै आएको युवाव​र्ष​ मोती पुर​स्कार य​स​ व​र्ष​ स्र​ष्टा एव​म् र​ङ्ग​कर्मी केदार श्रेष्ठ​लाई प्र​दान ग​रिने भ​एको छ।
 
व​रिष्ठ​ साहित्य​कार प्रा. राम​कुमार पाँडेको स​ंयोज​कत्व​मा ग​ठित मूल्याङ्कन स​मितिको सिफारिसअनुसार वि. स​ं २०८१ को युवाव​र्ष​ मोती पुर​स्कार श्रेष्ठ​लाई प्र​दान ग​रिने निर्ण​य​ भ​एको हो।
 
युवा कोष​का स​द्स्य​ स​चिव​ डा. विष्णुब​हादुर भ​ण्डारीको ह​स्ताक्ष​रित विज्ञ​प्तिमा कोष​ले श्रेष्ठ​लाई रू. चालिस​ ह​जार न​ग​द​स​हित प्र​दान ग​रिने कुरा उल्लेख​ ग​रिएको छ​।
 
श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, कथा–कथन, बालनाटक/चलचित्र लेखन, निर्देशनमा सक्रिय रहेका छन् । साथै सर्जक श्रेष्ठ समकालीन कला–साहित्य क्षेत्रमा प्रतिवद्ध युवा रङ्गकर्मीको रूपमा परिचित रहेका छन् ।
 
उन​का प्रकाशित पाँच बालपुस्तकमध्ये गुलियो स्याउ, आइसक्रिम सपना नेपाली बालसाहित्य क्षेत्रमा चर्चित छन् । रङ्गमञ्चमा परिकल्पनाकार तथा निर्देशकका रूपमा सक्रिय श्रेष्ठ थिएटर मल नाटकघर र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालका संस्थापक तथा कला निर्देशकसमेत हुन् ।
 
अन्तर्राष्ट्रिय पुरस्कार विजेता लघु चलचित्र ‘जुनुको जुत्ता’को निर्माता, निर्देशक र​हेका श्रेष्ठ पछिल्लो समयमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत कथानक चलचित्रहरू ‘ऐना झ्यालको पुतली’ र ‘गाउँ आएको बाटो’को कास्टिङ निर्देशक पनि हुन् ।
 
साहित्य​ लेख​न​बाहेक विविध​ साहित्य​कर्म ग​र्दै मोतीरामीय​ गुण​ले भाषा- साहित्य​को उन्न​य​न​मा विशेष योग​दान दिएका स्र​ष्टाह​रूलाई प्र​दान ग​रिने मोती पुर​स्कार पाउने प्र​थ​म स्र​ष्टा कवि, गीत​कार​ दैव​ज्ञ​राज न्यौपाने थिए। ग​त​ व​र्ष​को मोती पुर​स्कार कवि, गीत​कार एव​म् अनुवाद​क प्र​मोद सारंगलाई प्र​दान ग​रिएको थियो। मोती पुर​स्कार​को इतिहास​मा र​ङ्ग​म​न्च​मा स​म​र्पित स्र​ष्टाह​रूमा स​रूभ​क्त​, अशेष​ म​ल्ल​ र अविनाश श्रेष्ठ​प​छि य​स​प​ट​क केदार​ श्रेष्ठले मोती पुर​स्कार​ प्राप्त ग​रेका छ​न्।