काठमाडौं । नेकपा (बहुमत)को काठमाडौं जिल्ला समितिले भ्रष्टाचार, वीत्तीय शोषण र मानव बेचविखन विरोधी दस्ता घोषणा गरेको छ । बिहिबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान सरकार सबै किसिमका बेथितिको संरक्षक भएकोले आफूहरुले सरकारकोविरुद्धमा संघर्ष छेड्ने उद्घोष गरेको छ । पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला इन्चार्ज सागर लिम्बुले वर्तमान सरकारले तमाम् बेथितिविरुद्ध कदम […]
फ्लास न्यूज
भैरहवामा भेटिए नक्कली परीक्षार्थी
प्रेरणा वासफेर, भैरहवा, । रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सुचना अधिकृत अम्बर केसीले जानकारी दिए । परीक्षामा रेगुलर तर्फ १७ हजार ३ सय ३० […]
भ्रामक टिप्पणी नगर्न नेपाली सेनाको आग्रह
नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको प्रष्ट पारेको छ । केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टिकाटिप्पणी हुन थालेपछि बुधबार जंग्गीअड्डाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । विज्ञप्तिमा सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सम्बद्ध […]
रास्वपा सांसद झाको आशंका,जग्गा दिएकै आधारमा अबैध भेप भेटिएको भाटभटेनीलाई उन्मुक्ति हुने होकि !
काठमाडौं, ७ चैत । भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परे पछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् । प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो […]
कालापानी लिम्पियाधुरा जाने कुनै योजना छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक जाने कुनै योजना नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताएका हुन् । बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रधानमन्त्री ओलीके प्रतिप्रश्न गरे, ‘तपाई जाने योजनामा हुनुहुन्छ र ? सांसद तामाङले प्रधानमन्त्रीले […]
एसईई शुरु भएको २० मिनेटमै बाहिरियो प्रश्नपत्र
मुकेश कुमार यादव, सिरहा । सिरहामा एसईई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो । केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोवाईल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्राेतले जनाएको छ। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको भन्ने खुल्न नसकेको […]
चरित्र हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु रायलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा साथी बनी सम्बन्धमा समेत रहेर भेटघाटका क्रममा भएका अन्तरङ्ग सम्बन्धका क्रियाकलापहरू रायले गोप्य रूपमा रेकर्ड गरी राखेको र आपसमा मनमुटाउ भए पश्चात […]
उर्जामन्त्रीको उद्घोष : फेरि लोडसेडिङ हुन्छ
काठमाडौं, ६ चैत। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपखड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् । […]
मिटरब्याजी शिवचन्द्र समातिए, १ हजार बढीलाई अन्याय गरेको आरोप
रौतहट । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् । मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो । जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय बढी जनतालाइ अन्याय गरेको उनी माथी आरोप लागेको छ […]
कांग्रेसका प्रमुख सचेतक घिमिरेले मागे माफी
काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं सिन्धुली-१ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेले संसदमा माफी मागेका छन् । यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति आलोचित भएपछि उनले बुधबार संसदमा माफी मागेका हुन् । गत चैत ३ गते संसदमा विशेष समय लिएर बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने माग गरेका थिए । पर्यटन […]










