काठमाडौं । काठमाडौंको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको हो ।
फ्लास न्यूज
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको […]
तीन मौसमी प्रणालीको प्रभावले आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती […]
स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । विषेशगरी सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबिच नीतिगत विषयमा विवाद हुने गरेको छ। जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने, तथा बेरुजु बढ्ने समस्या देखिँदै आएको […]
संवैधानिक इजलासमा पेश हुने भयो अध्यादेशविरुद्ध रिट दर्ताको विवाद
काठमाडौं । सर्वोच्च अदालतले अध्यादेशविरुछ पेश भएको रिट निवेदन दर्ता गर्ने वा नगर्ने भनी संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्क्योल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो । सामान्यतया : अदालत प्रशासनले दरपीठ गरेका निवेदन एक […]
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाको निधन
भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ। उच्च रक्तचाप र निमोनियाबाट पीडित रहेका ६५ वर्षीय थापाको सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा निधन भएको हो। पछिल्लो दुई सातादेखि अस्पतालमा उपचाररत थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। रेडियो नेपालको सेवाबाट अवकाश लिएपछि उनी सक्रिय राजनीतिमा प्रवेश गर्दै नेपाल […]
जिल्ला अदालतको पुर्जीको आधारमा देउवालाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गरेको हो। काठमाडौं जिल्ला अदालतबाट चैत २४ गते लिइएको पक्राउ पूर्जीको आधारमा पक्राउ नगर्न भनिएको हो। उक्त पक्राउ पूर्जी निष्क्रिय भइसकेको अवस्था देखाउँदै सर्वोच्चले उक्त आदेश दिएको […]
यसपालि गणतन्त्र दिवसमा प्रधानमन्त्री नबोल्ने, राष्ट्रपति बोल्ने
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन् । गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ । […]
प्रहरीले बुझायो हिरासतमा रहेका दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन
काठमाडौँ । पर्सामा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिए । जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन […]
रूसले युक्रेनमा हान्यो परमाणु हतियार बोक्न सक्ने मिसाइल
एजेन्सी । रुसले युक्रेनमा भीषण हमला गरेको छ। आइतबार रातभरि युक्रेनको राजधानी किभमा रूसले मिसाइल र ड्रोनले भीषण हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। युक्रेनी वायुसेनाका अनुसार रुसले एकै रात ९० वटा मिसाइल र ६०० ड्रोन प्रहार गरेको हो। यो हमला रूस-युक्रेन युद्ध सुरू भएयताको सबैभन्दा ठूलोमध्येको हमला रहेको भनेर पनि रोयटर्सले लेखेको छ। राष्ट्रपति […]










