काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गरेका छन्। काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानुन व्यवसायीको मनोविज्ञानमा असर पार्न सक्ने […]
फ्लास न्यूज
सर्वोच्चमा गोलाप्रथा प्रणाली हटाए आन्दोलन गर्ने बार अध्यक्ष मिश्रको चेतावनी
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्। काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका हुन्। गोलाप्रथामार्फत पेशी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेशी तोक्ने प्रणाली ब्युँताएमा त्यसले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ […]
इरानसँगको सम्झौतामा हतार नगर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका क्रममा आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन्। इरान र अमेरिकाबिच सम्झौताको सहमति नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार दुई देशबीच भइरहेको छलफलमा ६० दिनको युद्धविराम थप गर्ने, स्ट्रेट अफ होर्मजलाई पुनः खोल्ने र इरानको […]
आज पश्चिम तराईको तापक्रम ४१ डिग्री पुग्ने, देशका बाँकी भागमा कस्तो छ मौसम ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सोमबार देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ। एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ चल्ने सम्भावना छ भने अर्कोतिर देशका धेरैजसो पहाडी, मध्य र पूर्वी भेगमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। दिउँसोको समयमा विशेषगरी पश्चिमी तराईका जिल्लाहरू अत्यधिक […]
मापसे गरेर सवारी चलाउँदा बैशाखमै १२४ दुर्घटना
काठमाडौं । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा दुई जनाको मृत्यु […]
चाँगुनारायण देशकै पहिलो ‘योग नगर’ घोषणा
भक्तपुर । भक्तपुरकै कान्छो नगरपालिका चाँगुनारायण नगरपालिकालाई देशकै पहिलो ‘योग नगर’ घोषणा गरिएको छ । चाँगुनारायण नगरपालिकाद्वारा आइतबार आयोजित विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चाँगुनारायणलाई योग नगर घोषणा गरेका हुन्। चाँगुनारायण-७ खरीपाटीमा आयोजित योगनगर घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले शारीरिक र मानसिक स्वास्थ्यको लागि योग महत्वपूर्ण रहेको बताए । योग […]
“शैक्षिक गुणस्तर वृद्धि” सम्बन्धी गोष्ठी भरतपुरमा सम्पन्न
भरतपुर । सिर्जनशील नेपाल, भरतपुर वडा नं. १० चितवनको आयोजना तथा भरतपुर महानगरपालिका वडा नं. २६ को आर्थिक सहयोगमा “शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवालाहरूको भूमिका” विषयक एकदिने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जेठ १० गते आइतबार आदर्श माध्यमिक विद्यालय, दिव्यनगरको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूले शैक्षिक सुधार, गुणस्तरीय शिक्षाको आवश्यकता तथा […]
सिन्धुलीको सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहादुर सिंहका अनुसार सुनकोशी ४ घर भई हाल सुनकोशी ३ बोहोरेटार बस्ने बर्ष ९ को सफल पुलामी मगर र सुनकोशी-५ बन्दीपुर घर भई हाल सुनकोशी-३ बोहोरेटार बस्ने वर्ष १० को युकेस बिकको मृत्यु भएको […]
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले बनायो समिति
काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा […]
एसियन गेम्स क्वालिफायरका लागि नेपाली क्रिकेट टोलीको घोषणा, कप्तानको जिम्मेवारी दीपेन्द्रलाई
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिङ्गापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे ३१ देखि जुन ९, २०२६ सम्म सञ्चालन हुने ‘मेन्स एसियन गेम्स क्वालिफायर २०२६’ का लागि १४ सदस्यीय टोलीको चयन गरिएको हो। क्यानले यस पटक […]











