एसियन गेम्स क्वालिफायरका लागि नेपाली क्रिकेट टोलीको घोषणा, कप्तानको जिम्मेवारी दीपेन्द्रलाई

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिङ्गापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी मे ३१ देखि जुन ९, २०२६ सम्म सञ्चालन हुने ‘मेन्स एसियन गेम्स क्वालिफायर २०२६’ का लागि १४ सदस्यीय टोलीको चयन गरिएको हो। क्यानले यस पटक टोलीको कप्तानीको जिम्मेवारी अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई सुम्पेको छ।

घोषित टोलीमा कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा र लोकेस बम रहेका छन्। यसैगरी टोलीमा कुशल मल्ल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव र आरिफ सेखले स्थान बनाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र स्पिनर साहब आलम पनि छनोट भएका छन्।

एसियन गेम्सको टिकट काट्ने लक्ष्यसहित सिङ्गापुर जान लागेको नेपाली टोलीमा युवा र अनुभवी खेलाडीहरूको सन्तुलन मिलाइएको क्यानले जनाएको छ।