सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि सुन बिहीबार तोलामा २ लाख ४३ हजार रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य समेत घटेको छ । बिहीबार तोलामा ३ हजार १८५ […]

प्रधानमन्त्री र गृहमन्त्रीको प्रतिबद्धतापछि यादव सिंहले तोडे १० दिनदेखिको अनशन

काठमाडौँ । माइतीघर मण्डलामा गत कात्तिक २५ गतेदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले अनशन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सिंहले १० दिनसम्म चलेको अनसन तोडेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीसहित जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको […]

फोहोर विसर्जनसम्बन्धी ११ बुँदे सहमतिबारे बोले कुलमान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बञ्चरे डाँडामा फोहोर बिसर्जनसम्बन्धी ११ बुँदे सहमति भएकोमा खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा विसर्जनमा हुँदै आएको अवरोध निरन्तरको प्रयासपछि भएको ११ बुँदे सहमति पछि हटेको छ। अवरोध हटाउन साथ सहयोग र सहजीकरण गर्नु हुने सबैलाई धन्यवाद।’ बिहीबार सिंहदरबारमा भएको […]

नेकपा एमालेले आज काठमाडौँमा कार्यक्रम गर्ने

काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँ कार्यक्रम गर्ने भएको छ। एमालेको नेसनल भोलिन्टियर फोर्सले बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गर्ने भएको हो । बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय […]

एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राईनोजबिच खेल, लुम्बिनी बिजयी

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पहिलो खेलमा पराजित गरेको छ । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको दोस्रो संस्करणको पाँचौ खेलमा लुम्बिनीले चितवनमाथि ६ विकेटको जित हासिल गरेको हो । चितवनले दिएको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका […]

माओवादीका महासचिव र प्रवक्ताले भेटे प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बालुवाटार पुगेर प्ररधानमन्त्री लाई भेटेका हुन् । प्रधानमन्त्री कार्कीले दलहरूसंग बुधबार सिंहदरवामा भेटवार्ता गरेकी थिइन् । माओवादीका नेताहरू छुट्टै बालुवाटार पुग्नुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ […]

न्यायाधीशविरुद्ध परेको उजुरी छानबिन नभएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ । न्याय परिषदमा न्यायाधीशहरु विरुद्ध परेको उजुरीको छानबिन नभएको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता प्रेमसिंह धामीले ४ जना न्यायाधीशविरुद्ध दिएको उजुरी छानबिन नभएको भन्दै न्याय परिषद् अध्यक्षसहित ६ जनालाई विपक्षी बनाएका छन् । जिल्ला न्यायाधीश पुष्पराज थपलिया, उच्च अदालतका न्यायाधीशहरू कृष्णराम कोइराला, चन्द्रमणि ज्ञवाली र टिकाराम आचार्यविरुद्ध परेको उजुरीको तत्काल […]

सिमरा विमानस्थल आसपास क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ :‘सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास […]

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए । उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए । यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज […]

कालीमाटी भित्रिएको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले […]