काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। मधेस प्रदेशमा आंशिक बादल लागेको छ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। […]
फ्लास न्यूज
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वासिङ्टन डिसी । अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दार अब्बासस्थित एक सैन्य क्षेत्रलाई निशाना बनाएर पुनः नयाँ आक्रमण गरेको छ। तीन दिनभित्र अमेरिकाले इरानमाथि गरेको यो दोस्रो आक्रमण हो। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार उनका सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गराइरहेका इरानका चारवटा ‘वान-वे अट्याक ड्रोन’ समेत खसालेका छन्। बन्दार अब्बासमा […]
ब्यूटी एक्स्पो उद्घाटन गर्दै मन्त्री थापाले भने- बिना धितो ऋण दिन्छौं
भक्तपुर । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश सरकारले युवालाई लक्षित गर्दै बिना धितो सहुलियतपूर्ण ऋण कार्यक्रम ल्याउन लागेको बताएका छन्। भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बुधबार आयोजित ‘ग्रान्ड ब्यूटी एक्स्पो’ उद्घाटन गर्दै उनले आगामी बजेटलाई युवामैत्री बनाइने जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले स्वरोजगारमूलक व्यवसाय गर्न चाहने युवालाई केवल २ प्रतिशत ब्याजदरमा […]
आगजनी र तोडफोडमा नेपाली सेनाको पनि कमजोरी, प्रधानसेनापतिलाई दायित्व ख्याल गर्न निर्देशन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोयले जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन तोडफोड र आगजनी हुनुमा नेपाली सेनाको पनि कमजोरी रहेको किटान गरेको छ । आयोगले गरेको अध्ययन प्रतिवेदनमा तीन निकायहरूमा जोगाउन नसकेकोले अब राष्ट्रिय सम्पत्ति जोगाउने दायित्व ख्याल गर्ने प्रधान सेनापतिलाई निर्देशन दिएको छ । सिंहदरबारको सुरक्षाको लागि सिंहदरबारभित्र रहेको सेनाको […]
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध, आयोगद्वारा कारबाही सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट निस्किएकाे विषय फौजदारी अपराध भन्दै किटान गरेकाे छ । कारागारबाट निस्किने र कैदीबन्दी भगाउने कार्यमा उनी संलग्न भएकोले उनीमाथि सुक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरेको छ । ‘सो कार्य मानव अधिकारको हनन मात्र नभइ कारागार ऐन २०७९ को दफा […]
जेनजी आन्दोलन : मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन भएको थियो । उक्त समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको प्रतिवेदनका आधारमा आयोगले […]
४५ सार्वजनिक संस्थानमध्ये २७ मात्रै नाफामा, बाँकी नोक्सानीमा
काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेको पाइएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ ले यस्तो देखाएको हो । यस आवसम्म १६ संस्थान नोक्सानीमा रहेको र २ वटा बन्द अवस्थामा रहेको पाइएको छ । अघिल्लो आवमा २८ वटा नाफामा, १५ वटा नोक्सानी र २ वटा घाटामा […]
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन् । लामिछानेले आज स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफू विरुद्धको मुद्दामा तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । अब उनको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ । स्वर्णलक्ष्मीको मुद्दामा लामिछाने ६० लाख धरौटीमा रिहा भएका […]
हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् । उनले बैठक बहिस्कार गरेपनि उनकै पार्टीका अन्य सांसदले भने बैठक बहिस्कार गरेका छैनन् । यसअघि प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै राईले आफूलाई […]
अमेरिकाले पुनः आक्रमण गरेपछि युद्धविरामको गम्भीर उल्लङ्घन भएको इरानको दाबी, वार्ता सङ्कटमा
तेहरान । इरानले अमेरिकाले आफ्नो देशमाथि नयाँ हवाई आक्रमण गरेर युद्धविरामको ‘गम्भीर उल्लङ्घन’ गरेको आरोप लगाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले भने सोमबार दक्षिणी इरानमा इरानी क्षेप्यास्त्र अखडा र खानीहरू राख्ने प्रयास गरिरहेका डुङ्गाहरूलाई लक्षित गरी ‘आत्मरक्षाका लागि आक्रमण’ गरिएको जनाएको छ। इरानको परराष्ट्र मन्त्रालयले होर्मोजगान क्षेत्रमा भएको यस आक्रामक र अनुचित कदमको परिणामको […]











