काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वी, मध्य र पश्चिम तराईका गरी २१ जिल्लामा हावाहुरीको चेतावनी दिएको छ। महाशाखाले फेसबुक पेजमार्फत् शुक्रबार राति तराई तथा भित्री मधेसका जिल्लामा समेत हावाहुरीको चेतावनी दिएको हो। तराईका २१ जिल्लामा चेतावनी नै दिइएको छ र सतर्क रहन भनिएको छ। पहाडी तथा भित्री मधेसमा भने अद्यावधिक रहन […]
फ्लास न्यूज
अस्वस्थ भएपछि प्रचण्ड गणतन्त्र दिवस समारोहमा अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । सोही कारण उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी भएका छैनन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले ज्वरो आएका कारण संयोजक प्रचण्ड निवासमै आराम गरिरहेको जानकारी दिए । ‘उहाँलाई हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आयो […]
गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने ?
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा भएको बताएका छन्। राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । “गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको […]
गणतन्त्र दिवस मूल समारोहमा सहभागी सैनिक जवान बेहोस भएपछि…
काठमाडौँ । गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् । ड्युटीमा खटिएका बेला भुइँमा लमतन्न परेका उनलाई अन्यले उठाएका थिए । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो । उनी सहयोगीहरुको सहरामा हिँडेरै उपचारस्थलमा पुगेका थिए । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ती सैनिक एकैठाउँमा उँभिरहँदा ‘खुट्टा जाम’ भएर […]
सङ्घीय संसदमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो । बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य […]
आज नागरिक सर्वोच्चता स्थापित भएको ऐतिहासिक दिन, १९औँ गणतन्त्र दिवस मनाइँदै
काठमाडौँ । नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा २०६५ साल जेठ १५ गते निर्वाचित पहिलो संविधानसभाको बैठकले २४० वर्ष लामो शाहवंशीय राजतन्त्रलाई बिदा गर्दै नेपाललाई […]
स्वास्थ्य क्षेत्रमा थपियो ९७७ दरबन्दी, कुन विधामा कति ?
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गरेको छ । उक्त निर्णयसँगै संघीय पुल अन्तर्गत स्वास्थ्य क्षेत्रमा कुल १ हजार ८०८ दरबन्दी स्वीकृत भएको छ । सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको नयाँ दरबन्दी संरचना स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पठाइसकेको […]
सर्वोच्चको व्याख्या : विवाह इन्कार गर्दैमा आत्महत्याको दुरूत्साहन गरेको भन्न मिल्दैन
काठमाडौँ । सर्वोच्च अदालतले एक मुद्दामा विवाह गर्नका लागि इन्कार गर्दा आत्महत्या दुरूत्साहन गरेको भन्न नमिल्ने व्याख्या गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले आत्महत्या दुरूत्साहनसम्बन्धी कैलालीको एक मुद्दामा यस्तो व्याख्या गरेको हो। यो फैसला २०८२ मंसिर २९ गते भएको थियो। यसको पूर्णपाठ केही दिन अघि सार्वजनिक भएको हो। आत्महत्या दुरूत्साहन कसुरमा कुनै […]
ठेक्का, जग्गा प्राप्ति र मुआब्जाका मुद्दा हेर्न ‘पूर्वाधार न्यायाधिकरण’ गठन गर्दै सरकार
काठमाडौं । सरकारले ठेक्का, जग्गा प्राप्ति र मुआब्जासँग सम्बन्धित मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण गठन गर्ने तयारी गरेको छ । यसका निम्ति कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयक ल्याउँदैछ । ‘विकास आयोजनाहरूका लागि गरिने ठेक्का, जग्गा प्राप्ति, मुआब्जा निर्धारण जस्ता विषयमा अदालतमा मुद्दा पर्ने र माथिल्लो तहसम्म पुगी अन्तिम किनारा लाग्न लामो समय लाग्ने गरेका […]
सुनको मूल्य साढे ५ हजार रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर […]











