काठमाडौ । नागरिक लगानी कोषमा घट्दो बैंक ब्याजदरका कारण चुनौती थपिएको छ। सहभागीलाई वार्षिक चार प्रतिशतसम्म ब्याज दिँदै आएको कोषले वाणिज्य बैंकबाट अहिले मात्र करिब २.७५ प्रतिशत ब्याज पाउँदा ब्याज व्यवस्थापन कठिन बन्दै गएको हो। बैंकमा राखिएको रकमबाट अपेक्षित प्रतिफल नआएपछि कोषले लगानी रणनीति परिवर्तन गर्न थालेको छ। बैंक निर्भरता घटाउँदै सरकारी ऋणपत्र, ट्रेजरी बिल्स, […]
फ्लास न्यूज
जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्दै सरकारी टोली
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली आज खटिँदैछ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति फिल्डमा खटिन लागेको हो । सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय […]
पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुने ईश्वर पोखरेलको चेतावनी
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन्। ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै उनले अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका छन्। महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले सामाजिक […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । देशका तराई […]
आस्था र विचारमाथि हुने प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिको आस्था र विचारमाथि हुने प्रहार स्वीकार्य नहुने बताएका छन्। नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक सभापति सूर्यबहादुर डिम्डुङ स्मृति भवन र बीपी स्मृति वाचनालयको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले पछिल्लो समय स्वतन्त्रताको नाममा छाडातन्त्र मौलाएको उल्लेख गर्दै फरक विचार राख्ने व्यक्ति र पार्टीमाथि आक्रमण […]
सेयर कारोबारी अग्रवाल प्रहरी हिरासतभित्रै अनसनमा
काठमाडौ । नेपाल धितोपत्र बोर्डको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल तीन दिनदेखि प्रहरी हिरासतभित्रै अनसनमा बसेका छन्। गत शुक्रबार पक्राउ परेसँगै उनले खाना त्यागेका हुन्। सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबारमा भ्रामक सूचना प्रवाह गरी कृत्रिम मूल्य वृद्धि गर्दै […]
१६ पालिकाले पाए नयाँ प्रशासकीय अधिकृत
काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना शाखा अधिकृतको सरुवा गर्दै तीमध्ये १६ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयबाट खगेन्द्र भारतीलाई सुन्या गाउँपालिकामा खटाइएको छ। अछामका चन्द्रकान्त तिमिल्सिनालाई सामाखुसी बरुवा गाउँपालिकामा सरुवा गरिएको छ भने नवलपुर गाउँपालिकाबाट हर्षबहादुर रोकालाई पूर्वीचौकी गाउँपालिकामा पठाइएको छ। पूर्वीचौकी […]
फागुन २१ मा चुनाव गर्न राजनीतिक दलहरु एकमत, नभए प्रतिनिधिसभा पुनर्स्थापना !
काठमाडौँ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न सरकार, निर्वाचन आयोग र सबै राजनीतिक दल गम्भीर रूपमा लाग्नुपर्नेमा अधिकांश दलका नेताहरू एकमत देखिएका छन्। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा सहभागी नेताहरूले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारको भूमिकालाई निर्णायक बताए। छलफलमा नेताहरूले सरकार आफैँ निर्वाचनको मिति सार्न […]
खेल सुरु भएपछि नियम फेर्नु गलत : वर्षमान पुन
काठमाडौ । सरकारले फागुन २१ मा निर्वाचन सम्पन्न गराउने उद्देश्यले आयोजना गरेको सर्वपक्षीय छलफलमा सहभागी राजनीतिक दलहरूले निर्वाचनका लागि वातावरण बनाउनु सरकारको पहिलो कर्तव्य भएको बताएका छन्। बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको उल्लेख गर्दै दलहरूले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए। खेल सुरु भइसकेपछि नियम […]
देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली र पोखरेल
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्। अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल पनि देउवालाई भेट्न पुगेका छन्। अहिले अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको नेकपा […]











