न्यूजकारखाना, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए एसइई परीक्षा सञ्चालन प्रक्रियामा प्रदेश सरकार सामेल नहुने चेतावनी दिएका छन् । प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने उनको माग छ । केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई दिइँदा विगतमा पनि अनियमितता […]
फ्लास न्यूज
भक्तपुरस्थित काठमाडौं स्कूल अफ ल को विषयमा छानबिन गर्न समिति गठन
भक्तपुर । भक्तपुरको दधिकोटस्थित काठमाडौं स्कूल अफ ल (केएसएल)का सस्थापक एवं कार्यकारी निर्देशक डा. युवराज संग्रौलासहित अन्य अध्यापकहरु माथि लागेको यौन दुव्र्यवहार सम्बन्धी आरोपका विषयमा छानविन गर्न ब्यवस्थापन समितिले जाँचबुझ समिति गठन गरेको छ । केएसएलले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । समितिको संयोजकमा पूर्व जिल्ला न्यायाधिश रहेका डा. श्रीकृष्ण भट्टराई रहेका छन […]
नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ सम्म
काठमाडौ । नेको इन्स्योरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्मका लागि थप गरेको छ । यसअघि कम्पनीले फागुन २८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो । नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद […]
भ्यानभित्र ५ सय केजी भन्दा बढी गाजा
विशाल बस्नेत, महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दीवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दीवासस्थित गौरिडाँडावाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको […]
ललितपुरका दुई स्थानमा दुई महिनासम्म बिरोध प्रदर्शन गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई स्थानमा पाँच जना भन्दा बढी मानिस भेला भई अनशन, धर्ना, जुलुस हड्ताल, सभा र प्रदर्शन लगायत बिरोधका कार्यक्रम गर्न निषेध गरेको छ । आज सोमबारबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले यस्तो आदेश जारी गरेका हुन् । आदेश अनुसार पुल्चोकको युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्रलाई […]
मध्यपुर थिमिमा दुनोट फ्याक्ट्रीबाट सल्केको आगोले आधा दर्जन ब्यवसायमा लाखौंको क्षति
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि- ४ स्थित एक दुनोट फ्याक्ट्रीबाट सल्केको आगोले ११ लाख रुपैयाँ बढी धनमालको क्षति पुर्याएको छ । आइतबार पौने १ बजे २३ वर्षिय सञ्चालक सनिस श्रेष्ठको दुनोट फ्याक्ट्रीमा आगलागी हुँदा आधा दर्जन ब्यवसायीले क्षति ब्यहोर्नु परेको हो । करेन्ट सर्ट भई दुनोट फ्याक्ट्रीमा आगलागी भएको र आसपासमा रहेका पसल तथा व्यवसायहरुमा समेत […]
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन शिघ्र सम्पन्न गर्न प्राधिकरणको ताकेता
न्यूज कारखाना, सिन्धुपाल्चोक । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल चुहिएको सुरुङको मर्मत र […]
होटल एसोसियसन नेपाललाई प्रमुख मजदुर संगठनहरुको यस्तो पत्र
काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर संगठनहरुले होटल एसोसियसन नेपाल(हान)लाई ध्यानकर्षण पत्र बुझाएका छन् । आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमुख कार्यकारी अधिकृत(सिइओ) टेकेन्द्र बहादुर महतलाई ध्यानाकर्षण पत्र बुझउँदै उनीहरूले आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्बजनिक गरेका हुन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष कुमार पन्त, […]
प्रचण्डले पक्राउ गर्नु नपर्ने भनेपछि राप्रपाका बम रिहा
हेटौंडा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संगठनका नेता निराजन बम रिहा भएका छन् । लोकतन्त्रमा बिरोध गर्न पाइने भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित नहुने सार्वजनिक अभिव्यक्ति दिएपछि बम रिहा भएका हुन् । चितवनबाट आइतबार नै पक्राउ गरी बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो […]
अन्तरिक्षबाट सुनिता र ब्यारीलाई फिर्ता ल्याउन के गरियो
न्यूजकारखाना, काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उनीसँगै ब्यारी विल्मोर पनि नौ महिनापछि पृथ्वीमा फर्कनेछन् । उनीहरुलाई फिर्ता ल्याउने अमेरिकी अन्तरिक्ष यानअन्तरिक्षमा प्रक्षेपण गरिएको छ । योसँगै सुनिता र ब्यारी दुवै सकेसम्म चाँडो पृथ्वीमा फर्कन सक्छन् । जुन ५, २०२४ मा, नासाको बोइङ क्रू फ्लाइट […]










