न्यूजील्याण्डको पाकिस्तानविरुद्ध विजयी शुरुवात

काठमाडौँ । न्यूजील्याण्डले पाकिस्तानविरुद्धको ५ खेलको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।  आइतबार बिहान सम्पन्न सिरिजको पहिलो खेल न्यूजील्याण्डले ९ विकेटले जितेको हो ।  न्यूजील्याण्डको जितमा टिम सेइफेर्टले ४४ रन बनाए भने फिन एलेनले अविजित २९ र टिम रोबिन्सनले अविजित १८ रन बनाए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १८.४ ओभरमा […]

भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौं देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा दश देशहरू समावेश छन् । यसमा अफगानिस्तान, इरान, सिरिया, क्युबा र उत्तर कोरिया […]

काँग्रेस एमाले प्रतिगामी धारमा मिल्ने खतरा रहेको प्रचण्ड खुलासा, नेमकिपाको प्वाँख पलाएको टिप्पणी

भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको तीन धारमध्ये अग्रगामी धारको नेतृत्व आफ्नो पार्टीले गरेको बताएका छन् । यथास्थितिवादी धारमा रहेका नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतका दलहरु मौका मिल्नासाथ प्रतिगामी धारमा मिल्ने खतरा रहेको समेत उनले खुलासा गरे । शनिवार भक्तपुरको सूर्यविनायकस्थित योयो बैङ्क्वेटमा आयोजित पार्टीको प्रशिक्षण […]

अनेसासका पिता सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान र चार शोककाव्यको विमोचन

२०८१ चैत्र २ गते काठमाडौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार श्री होमनाथ सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मानबाट सम्मान गर्नुका साथै उहाँद्वारा लिखित नन्दिनी शोक महाकाव्य, नन्दा शोक खण्डकाव्य, सेती गजल खण्डकाव्य तथा उहाँद्वारा सम्पादित कृति नन्दादेवी स्मृतिग्रन्थको विमोचन कार्यक्रम सम्पन्न गरेको छ । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.को सभापतित्वमा भएको उक्त कार्यक्रमका […]

शिक्षकका माग सम्बोधन नगरे परिणाम राम्रो हुँदैन : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँग शनिबार खुमलटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने र त्यसको मूल्य सरकारले चुकाउनुपर्ने स्पष्ट […]

को हुन् ६० वर्षे बलिउड अभिनेता आमिर खानकी नयाँ प्रेमिका

न्यूजकारखाना, काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खानले यस हप्ता ६० वर्ष पूरा गरेका छन् । आफ्नो जन्मदिन मनाउन आयोजित एक पार्टीमा उनले आफू फेरी प्रेममा परेको खुलासा गरेर चर्चामा रहेका छन् । आमिर खानले बिहीबार आफ्नो जन्मदिनको अवसरमा पत्रकार सम्मेलनमा आफ्नो जीवन र फिल्म उद्योगको यात्राको बारेमा कुरा गरिरहेका थिए । यस क्रममा उनले […]

सूर्यविनायक नगरप्याब्सन उत्कृष्ट, अध्यक्ष मैनालीलाई सर्वोत्कृष्ट लिडरशीप सम्मान

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले उत्कृष्ट पालिका शाखाको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका शाखालाई पुरस्कृत गरेको छ । त्यसैगरी यस पालिका शाखाका निवर्तमान अध्यक्ष दिनेश मैनाली देशकै सर्वोत्कृष्ट नेतृत्वका रुपमा सम्मानित भएका छन् । प्याब्सनको १६ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा देशका सबै स्थानीय तहमा भएका नगर प्याब्सन कमिटीहरूमध्ये सूर्यविनायक नगर प्याब्सन र यसका […]

मधेस प्रदेशका मुख्यमन्त्री सिंह महामूर्ख !

न्यूजकारखाना, जनकपुरधाम । यस वर्षको ‘महामूर्ख’ को उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो ।  रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन […]

हङकङलाई नेपालले ६ विकेटले हरायो

काठमाडौँ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  नेपालका लागि सम्झना खड्काले सर्बाधिक ४७ रन बनाएकी थिइन् भने पुजा महतोले अविजित २०, कप्तान इन्दु बर्माले १८ रन बनाएकी थिइन् ।   […]

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख अधिकारीको असामयिक निधन

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका इकाई प्रमुख रहेका उपसचिव विचारीप्रसाद अधिकारीको असामयिक निधन भएको छ । अधिकारी करिब एक वर्ष देखि आन्द्रासम्बन्धी क्यान्सरले ग्रसित रहेका थिए । ५५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आजै शुक्रवार अपराह्न ३ बजे पशुपतिस्थित आर्यघाट पुर्याइ अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । […]