काश्मिर भारतको आन्तरिक मामिला

नयाँदिल्ली, २३ साउन । भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ । भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो । भारतको उक्त निर्णयप्रति विमति जनाउँदै पाकिस्तानले भारतको कदमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने जनाइसकेको छ । पाकिस्तानले बुधबार भारतसँगको कुटनीतिक दर्जा घटाएको थियो भने […]

सवारी साधन ठोक्किदाँ तीनको मृत्यु ४४ जना अस्पताल भर्ना

नोभोरोसिएस्क रुस, २३ साउन । रुसको नोभोरोसिएस्कनजिकै बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक बस र कार एक आपसमा ठोक्किँएर खाल्डोमा खस्दाँ सो घटना भएको जनाइएको छ । घाइते ४४ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको जनाइएको छ । प्रारम्भिक रुपमा […]

छ बालबालिकाको शव पोखरीमा भेटियो

जेङजाओ, २३ साउन । चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर ज्यान गएको छ । उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको जनाइएको हो । उनीहरु पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएको छ । यतिखेर […]

५.९ म्याग्नीच्यूडको भूकम्प, एकजनाको मृत्यु

२३ साउन, एजेन्सी । ताइवानमा बिहीबार आएको ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ । बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए । घरभित्रको सामानले थिचेर एक ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ताइपेई र छिमेकी यिलानका १० हजारभन्दा […]

स्वाइन फ्ल्यूले म्यानमारमा यस वर्ष ९० को मृत्यु

याङ्गुन, २२ साउन । म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्ल्यूका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूको यो सङ्ख्या यस वर्षभरीको हो । सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४२२ जनामा स्वाइन फ्ल्यू भएको प्रयोगशालाबाट […]

होला भारत पाकिस्तान युद्ध? पाकिस्तानले भारतीय उच्चायुक्तलाई निकाला गर्ने, व्यापार स्थगन गर्ने

जम्मू-कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् गहिरिएको छ। पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्चायुक्तलाई निकाला गर्ने र भारतसँगको व्यापार स्थगन गर्ने जनाएको छ। यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताएका थिए। उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत प्रतिवाद गर्ने बताए। आरोप खानले भारतको निर्णयले […]

अफगानिस्तानमा कम्तीमा १४ को मृत्यु, १४५ घाइते

काबुल, २२ साउन । तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन् । राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा स्थानीय समयअनुसार बुधबार विहान ९ बजे विस्फोटनको घटना भएको थियो । विस्फोटपछि प्रहरी कार्यालय […]

लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

त्रिपोली, २२ साउन । संयुक्तराष्ट्र बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षहरुलाई आग्रह गरेको छ । लिबियामा हाल राष्ट्रसंघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ । युनिसेफद्वारा जारी विज्ञप्तिमा लिबियाको दक्षिणीमा रहेको मुर्जुक शहरमा भएको एउटा आक्रमणमा मारिएका अधिकांश व्यक्तिहरुमा महिला र बालबालिका परेकामा खेद […]

तान्जानियाबाट मह निकासीको पहल

दार ए सलाम, २२ साउन । तान्जानियाली वन विभाग (टीएफएस) ले मुलुकको मह उत्पादन वृद्धि गर्ने महत्वाकाँक्षी योजना अगाडि सारेको छ । पूर्वी अफ्रिकी मुलुक तान्जानियामा हाल ५५ हजार टन मह उत्पादन हुने गरेको छ । आगामी वर्षदेखि वार्षिक एक लाख ३५ हजार टन मह उत्पादन गरिने योजना अघि सारिएको छ । विभागका कार्यकारी अधिकृत […]

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला, २२ साउन । प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो । यस […]