ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको सम्झनामा भारतले मनायो ७३ औं स्वतन्त्रता दिवस

काठमाडाैं । भारतले बिहीबार ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १९४७ मा बेलायती साम्राज्यबाट स्वतन्त्रता पाएको सम्झनामा भारतले हरेक वर्ष १५ अगस्टका दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा रहेको लालकिल्लाबाट सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन’ को अवधारणा लागू हुने घोषणा गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिएका हुन् ।

एक भारत, श्रेष्ठ भारतको सपना पूरा गर्न आवश्यक कदमहरु चाल्नुको विकल्प नरहेको भन्दै प्रधानमन्त्री मोदीले कश्मीरका विषयमा लिइएको निर्णय पनि त्यसैको एक हिस्सा भएको टिप्पणी गरे । उनले यससँगै एक देश, एक संविधान हासिल भएको र भारतले यसप्रति गर्व गर्ने बताए ।

सम्बोधनका क्रममा उनले जम्मू कश्मीर र लद्दाखमा रहेको पुरानो व्यवस्थाले भ्रष्टाचार, नातावाद र अन्याय मात्र बढाएको बताउँदै पुरानो व्यवस्थाबाट महिला, बालबालिका, दलित, आदिवासी समुदाय अधिकारबाट बञ्चित भएको दोहो¥याए ।

Loading...