चोरीका गहनासहित चार जना चोर पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले चोरीका गहनासहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले चोरीका गरगहनासहित ४ जना पक्राउ परेका बताए ।

डिएसपी चिमोरियाका अनुसार अहिले बरामद भएको गहना परीक्षण गर्ने काम भइरहेको छ । प्रहरीले चोरीका गहनासहित पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।

चिमोरियाका अनुसार १८ देखि २० तोलासम्म चोरीका सुनका गहना बरामद भएका छन् ।

Loading...