बहालवाला मन्त्रीलाइ पक्राउ गर्न अदालतको आदेश, पर्लान पक्राउ मन्त्री खडक

काठमाडौं, २९ साउन । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको हो ।

‘उच्च अदालतबाट उहाँलाई पक्राउ पूर्जी जारी भएको छ,’ उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले अन्नपूर्ण अनलाइनसँग भने । मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतको ठहर छ ।

Loading...