प्रथम नायिका भुवनले बनाएको चलचित्र तीन दिनमै पुग्यो करोड क्लबमा

काठमाडौं । वलिउडका फिल्म उद्याेगमा एक सय कराेडकाे रेकर्डका चर्चा चलिरहँदा नेपाली चलचित्र उद्याेगमा भने भर्खर कराेड क्लबकाे कुरा हुन सुरु गरेकाे छ । यसक्रममा एउटा अर्काे चलचित्रले पनि कराेड क्लबमा अाफ्नाे नाम दर्ज गर्ने भएकाे छ ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र साइनोले यस्ताे रेकर्ड राख्न थालेकाे हाे । चलचित्र साइनले तीन दिनमै एकसय कराेड भन्दा माथिकाे व्यापार गर्ने सम्भावना देखाएकाे हाे । फिल्म वितरक ब्यांकेटसका अनुसार साइनोले तीन दिनमा देशभरबाट ७० लाखको हाराहारीमा कलेक्सन गरिसकेको छ।

नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो अहिले देशभरका ६ दर्जनभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ। पहिलो दिन औसत कलेक्सन गरे पनि दोस्रो दिन शनिबार भने साइनोले उत्साहजनक व्यापार गरेको थियो।

काठमाडौं उपत्यकाका गोपीकृष्ण चाबहिल, अष्टनारायण बालाजु, गुण सिनेमा ग्वार्को तथा अन्य मल्टिप्लेक्स हलमा समेत साइनोले राम्रो व्यापार गरेको छ। उपत्यका बाहिरका चितवन, नेपालगन्ज, बुटवल, धरान, पोखरा, दमक, बिर्तामोडलगायतका स्थानमा पनि साइनोले राम्रो व्यापार गरेको छ।

यसअघि चलचित्र साइनो हेर्न पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलगायतले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए।

चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा रमेश थापाद्वारा निर्देशित चलचित्र साइनोमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठलगायतका अन्य कलाकारहरूको अभिनय छ। शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोलाई अभिमन्यु निरवीले लेखेका छन्।

Loading...