युरोप पठाउने भन्दै विज्ञापन गर्ने कन्सल्टेन्सीमा धमाधम छापा मारिदै, यस्तो भेटियो एलाइन्स कन्सल्टेन्सीमा

काठमाडौं, २९ साउन । युराेपका विभिन्न मुलुकमा मान्छे पठाउने भन्दै विज्ञापन गर्ने एक कन्सल्टेन्सीमा छापा मारिएकाे छ । वैदेशिक रोजगार विभागले प्रहरीकाे सहयाेगमा सिनामंगलमा रहेकाे एलाइन्स इन्टरनेसन एजुकेसन कन्सल्टेन्सीमा सोमबार छामा मारेको हाे ।

उक्त कन्सलटेन्सीले सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा रोजगारीका लागि विज्ञापन गरेको थियाे । साेही सूचनाका आधारमा विभागले छापा मारेको जनाएकाे छ । गौशाला प्रहरीको सहयोगमा विभागको आकस्मिक टोलीले कन्सल्टेन्सीमा अनुगमन गरी केही कागजात पनि नियन्त्रणमा लिएकाे छ ।

वैदेशिक राेजगार विभागले कन्सल्टेन्सीबाट वैदेशिक रोजगारका लागि साइप्रस जान आवेदन दिएका व्यक्तिको आवेदन फाइल, व्यक्तिको राहदानीका स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिको विवरणसमेत फेला पारेको छ ।

टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगारसम्बन्धी कागजात र कम्प्युटर जफत गरेको छ। विभागले सञ्चालक सुजितकुमार श्रेष्ठलाई वयानका लागि विभागमा उपस्थित हुन पत्र थमाएको छ। शैक्षिक परामर्शदाताका रूपमा दर्ता भएर विभिन व्यक्तिसँग मोटो रकम लिइ नियमविपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारमा पठाउने गरेको उजुरी परेकोे विभागले जनाएको छ। विभागले शिक्षा मन्त्रालयसँग समन्वय गरी कन्सलटेन्सीमा अनुगमनको कार्यलाई तीव्रता दिने नीति लिएको छ।