कास्मिरमा भारत र पाकिस्तानी सैनिकबीच गोली हानाहान सुरु, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौं । कास्मिरकाे तनाव अन्तत: युद्धतिर उन्मुख हुन थालेकाे छ । नरेन्द्र माेदी नेतृत्वकाे सरकारले कास्मिरकाे स्वायत्तता खारेज गरी केन्द्र प्रशासित क्षेत्रका रुपमा कास्मिरलाइ कायम गरेपछि सुरु भएकाे तनाव पछिल्लाे समय गाेली हानाहानसम्म पुगेकाे छ । गाेली हानाहानमा परी बिहीबार मात्र पाँच भारतीय सैनिककाे मृत्यु भएकाे छ । साथै तीन पाकिस्तानी सैनिककाे पनि मृत्यु भएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ मा भारतीय र पाकिस्तानी सैनिकबीच गोली हानाहान भएको हाे। बिहीबार भएको याे घटनामा ५ भारतीय र ३ पाकिस्तानी सैनिक गरी ८ जनाको मृत्यु भएको बताइएकाे छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले बिहीबार साँझ ट्वीट गर्दै दोहोरो गोली हानाहानमा तीन जना पाकिस्तानी सेनाले सहादत पाएको उल्लेख गरेका छन् । पाकिस्तानी सेनाका नायक तन्धिर, लान्से नायक तैमुर र सेपोय रमाजनको मृत्यु भएको उनको ट्वीटमा उल्लेख छ।

यसअघि गत अगष्ट ५ मा भारतले जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गरेर जम्मु कस्मिर र लद्दाखलाई दुई केन्द्र शासित क्षेत्रमा बाँडेको थियो।

Loading...