काश्मिरमा धमाधम मान्छे पक्रदै मोदी सरकार, सेनाले पक्र्यो ५०० बढी काश्मिरी नागरिक

एजेन्सी । मोदी सरकारले जम्मु काश्मिरको विशेष राज्यको अधिकार खारेज गरी केन्द्र शासित क्षेत्र बनाउने निर्णयसँगै यहाँ ठूलो संख्यामा मानिसहरु पनि पक्राउ गर्न सुरु गरेको छ । मोदी सरकारले सेना नै परिचालन गरेर मानिसहरु पक्राउ गर्न सुरु गरेको हो ।

यसअघि पूर्व मुख्यमन्त्रीहरुसहित केही ठूला नेताहरुलाई नजरवन्दमा राखेको भारतीय सेनाले पछिल्लो समय ५०० जना नागरिकलाई पक्राउ गरेको जनाइएको छ । सेनाले हिंसा रोक्न भन्दै काश्मिरमा मात्र ५०० जना भन्दा बढी नागरिकलाई पक्राउ गरेको हो ।

नरेन्द्र मोदी सरकारले धारा ३७० को खारेज गर्नुअघिदेखि नै कस्मिरका नागरिक र त्यहाँका नेताहरुलाई चार दिनदेखि घरमै थुनेर सेना परिचालन गरेको छ ।

त्यस्तै एक विपक्षी कार्यकर्ताले भारतको सर्वोच्च अदालतमा भारत प्रशासित कश्मीरमा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र सुरक्षाकर्मी परिचालन गरेको विरोधमा मुद्दा हालेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Loading...