२२ साउन, एजेन्सी । जनसङ्ख्या वृद्धि, बढ्दो मासुको खपत र बढ्दो आर्थिक क्रियाकलापले विश्वको जलस्रोतलाई कम गर्दै लगेको छ । विश्वका झण्डै ४०० क्षेत्रका मानिसहरू ‘उच्च जल सङ्कट’को अवस्थामा बाँचिरहेका वाशिङ्टनस्थित वर्ल्ड रिसोर्सेस इन्स्टिट्युट, डब्ल्यूआरआई,को नयाँ प्रतिवेदनमा जनाइएको छ। पानीको कमीको कारण लाखौँ मानिसहरू विस्थापित हुनसक्ने र द्वन्द्व एवम् राजनीतिक अस्थिरताको कारण हुनसक्ने बताइएको छ। […]
विश्व
कश्मीर तनाव: पाकिस्तानले भारतको ‘अवैध’ कदमविरूद्ध लड्ने
२२ साउन, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने कसम खाएका छन् । उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा समेत प्रतिवाद गर्ने बताएका छन् । खानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको बताएका छन्। भारतले विशेष हैसियत रद्ध गरेसँगै उक्त […]
सुषमा स्वराजको नाममा छन् कैयौं कीर्तिमान, हेर्नुहोस्
२२ साउन, एजेन्सी । सन् १४ फेबुअरी १९५२ मा जन्मिएकी सुषमा स्वराजको नाममा कैंयौं कीर्तिमानहरु रहेका छन् जसलाई भारत र भारतीयहरुले याद गरिरहनेछन् । स्वराज सन् १९७७ मा जब २५ वर्षकी थिइन्, त्यतिबेला उनी भारतकै सबैभन्दा कम उमेरकी क्याविनेट मन्त्री बनेकी थिइन् । उनले १९७७ देखि १९७९ सम्म सामाजिक कल्याण, श्रम तथा रोजगार जस्ता ८ […]
भारतका पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन
काठमाडौं, २१ साउन। भारतका पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेता सुष्मा स्वराजको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा मंगलबार राती ह्दयघातको कारण उनको निधन भएको हो । छाति दुखेपछि उनलाई मंगलवार नै अस्पताल भर्ना गरिएको थियो । ६६ वर्षीय स्वराज २५ वर्षको उमेर देखि राजनीतिमा सक्रिय थिइन् । स्वराजले आफ्नो राजनीतिक गुरु […]
भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश
वासिङ्टन, २१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिएको छ ।भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गरेको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले गरेको […]
मोजाम्बिकको विद्रोही समूह रेनामोसँग शान्ति सम्झौताको तयारी
मापुतो, २१ साउन । मोजाम्बिकको पूर्व विद्रोही समूह रेनामोले मापुतोको सरकारसँग अन्तिम शान्ति सम्झौतामा मंगलबार हस्ताक्षर गर्ने भएको छ । हाल मुख्य विपक्षी पार्टीका रुपमा रहेको रेनामोले सम्झौतामा हस्ताक्षर गरेसँगै २७ वर्षदेखि जारी राजनीतिक असमझदारी समाप्त हुनेछ । सन् १९९२ मा गृहयुद्ध अन्त्य भएदेखि रेनामो र हाल सत्तारुढ दलबीच दुई पटक शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको […]
लिबियाली हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु
त्रिपोली, २१ साउन । युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।स्थानीय प्रहरीका अनुसार उक्त आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् । मुर्जुक नगरपालिकाका परिषद सदस्य मोहमद ओमारले युद्धरत विभिन्न पक्षबीच मेलमिलाप गराउन आयोजना गरिएको बैठकस्थलमै हवाई आक्रमण भएको बताए। आक्रमणमा ४० जनाभन्दा बढीको […]
बोलिभियामा चिकित्सकहरु चढेको बस दुर्घटना, १४ जनाको मृत्यु
लापाज, २१ साउन । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा आइतबार मध्यरातमा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटा यात्रुबाहक बस सडकबाट करिब २०० मिटर गहिरो खोंचमा झरेको थियो । बोलिभियाको राजधानी लापाजबाट उत्तरतर्फ करिब २५१ किलोमिटर टाढाको चाराजानी नगरको छेउमा उक्त बस […]
जम्मू–कश्मीरमा अझै टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध
काठमाडाैं । स्वायत्तता खोसिएको भारत प्रशासित जम्मू–कश्मीर अझै पनि सञ्चार सम्पर्कबाट पूर्णतः बिच्छेद अवस्थामा छ । आइतबार बेलुकादेखि बन्द भएको ल्याण्डलाइन फोन, मोबाइल सेवा तथा इनटरनेट सेवा अझै सुचारु गरिएको छैन । राज्यका मुख्य क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तैनाथ भएका छन्। स्थानीय नेताहरु पक्राउ परेका छन्। भारत सरकारले संविधानको धारा ३७० प्रभावहीन घोषित गर्दै जम्मू–कश्मीरले […]
कायरोमा मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता
मन्ट्रियल, २१ साउन – क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ । राजधानी कायरोको अति व्यस्त सवारी चापको व्यवस्थापनका लागि नयाँ मोनोरेलको निर्माणले ठूलो सहजता ल्याउने बताइएको छ । यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पु¥याउने सकिने कम्पनीले […]











