भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू-कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन् । दोस्रो कार्यकालका लागि पुन: प्रधानमन्त्री निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले सो सम्बन्धी सूचना राज्यसभालाई दिएको हो। तनावग्रस्त राज्यसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू-कश्मीरलाई विधानसभासहित […]
विश्व
भारतले कश्मीरको विशेषाधिकार खोस्दा पर्ने असर
भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएपछि भारतभित्रै त्यसको पक्ष र विपक्षमा मतहरू व्यक्त भइरहेका छन्। यो निर्णयले कश्मीरमा थप सङ्कट निम्तिन सक्ने कतिपयको अनुमान छ। कश्मीर मामिलामा भारतले चालेको पछिल्लो कदमले एउटा गम्भीर संवैधानिक प्रश्न उब्जाएको छ। त्यो के हो भने कश्मीर भारतमा विलय हुने बेलामा त्यसबेलाका कश्मीरका महाराजा हरि सिंह […]
हवाई आक्रमणमा परी लिबियामा ४२ को मृत्यु
त्रिपोली, २० साउन । लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् । घटनामा अरु दर्जनौ घाइते पनि भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुका अनुसार सरकारी सैनिकहरुको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो । नगरपालिकामा कार्यरत एक जना […]
पुटिनद्वारा अमेरिकासँग हतियार व्यवस्थापनका लागि नयाँ वार्ताको प्रस्ताव
मस्को, २० साउन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन् । शीतयुद्धकालीन समयमा अमेरिका र तत्कालिन सोभियत सङ्घबीच मध्यम दुरीका आणविक शक्ति सम्झौताबाट अमेरिका र रूस फिर्ता भएसँगै सम्झौता अन्त्य भएको परिप्रेक्षमा पुटिनको उक्त प्रस्ताव आएको हो । “नियम, सीमा र कानून बिहीन […]
अफगानिस्तानमा हवाई कारबाहीमा सोह्र लडाकू मारिए
अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न क्षेत्रमा यो हवाई कारबाही भएको थियो । गएको २४ घन्टा यताका ती कारबाही अफगानिस्तानको सेनाले गरेको थियो । ती हवाई कारबाहीहरु उरुजगान, घानी, पाक्टिया र फर्याब प्रान्तमा भएको थियो […]
कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु
कायरो, २० साउन । इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् […]
हवाई कारबाहीमा सात लडाकू मारिए
जलालाबाद, २० साउन । अफगानिसतानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तको शिर्जाद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी भएको एक हवाई कारबाहीमा परी सात लडाकू मारिएका छ । प्रान्तीय प्रशासनका प्रवक्ता अत्ताउल्लाह खोगीआनीले सोमबार उक्त जानकारी दिए । यस हवाई कारबाहीमा परी सर्वसाधारण र सुरक्षा अधिकारी कुनै क्षति नभएको सरकारी अधिकारीहरुले जनाएका छन् […]
श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु
कोलम्बो, २० साउन । सिन्ह्वा – श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ […]
मुख्यमन्त्रीसहित थुप्रै नेताहरु नजबन्दमा, काश्मिरमा एकाएक बढ्यो तनाव
एजेन्सी । भारत प्रशासित कश्मीरमा पूर्वमुख्यमन्त्रीसहित थुप्रै बरिष्ठ नेताहरुलाई सोमबार विहानै देखि नजरबन्दमा राखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो । नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई […]
इरानले एक महिनामै तीनवटा विदेशी तेल ट्याङ्कर कब्जामा लियो
तेहरान । इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचार संस्थाहरूले जनाएका छन् । इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारीअनुसार रेभुल्युशनरी गार्ड कोरको जलसेनाले अरब मुलुकबाट इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियाली खाडी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बुझिएको […]








