सरकारी विश्वविद्यालयको बजेट कटौतीको विरोध

रियो डे जेनेरो, २९ साउन । सरकारले विश्वविद्यालयको बजेट कटौती गरेको विरोधमा मङ्गलबार हजारौं ब्राजिलीले विरोध जनाएका छन् । देशका ७२ वटा शहरमा यस्तो विरोध प्रदर्शन गरिएको छ । सरकारले विश्वविद्यालयको बजेटमा करिब ३० प्रतिशत कटौती गर्ने घोषणा गरेलगत्तै विद्यार्थी युनियन र अरु संघसंस्थाले संयुक्त रुपमा यो विरोध प्रदर्शन गरेका हुन् । सरकारले स्नातकोत्तर तहमा […]

डेङ्गुका कारण ४० जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

ढाका, २८ साउन । बङ्गलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बङ्गलादेशमा डेङ्गुको आशङ्कामा हजारौँको सङ्ख्यामा विरामीहरू भर्ना भएपछि अस्पतालहरूले उनीहरूको उपचार सेवामा समेत असहज महशुस गरेको बताएका छन् । लामखुट्टेको टोकाईबाट हुने भाइरल सङ्क्रमण, जसमा फ्लुको जस्तो […]

सर्वाधिक खोजी गरिएकी किशोरीको शंकास्पद शव फेला

मलेसिया, २८ साउन ।  मलेसियाको जङ्गलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका थिए । नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन् । उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी […]

किर्गिजस्तानका पूर्व राष्ट्रपतिमाथि सत्ताविद्रोहको आरोप

बिश्केक, २८ साउन। किर्गिजस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबायेभमाथि सत्ताविद्रोहको योजना बनाएको आरोपमा गिरफ्तार गरिएको त्यहाँको सुरक्षा सेवाले जनाएको छ । पूर्व राष्ट्रपति अटामबायेभलाई गत साता प्रहरीले पक्राउ गरेको थियो । अटामबायेभ सन् २०११ देखि २०१७ सम्म किर्गिजस्तानको राष्ट्रपति हुनुहुन्थ्यो । अटामयेभलाई पक्राउ गर्नु अघिल्लो दिन उहाँका समर्थक र प्रहरीबीच भिडन्त भएको थियो । राष्ट्रिय सुरक्षा सेवाका […]

फोहोर व्यवस्थापनमा सुधार नआएपछि अष्ट्रेलियाली प्रधानमन्त्री रुष्ट

सिड्नी, २८ साउन।अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनप्र्रयोगको मात्रा अन्त्यन्त न्युन भएकोमा रोष प्रकट गर्नुभएको छ । प्लाष्टिकको पुनप्र्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उहाँ रिसाउनु भएको अधिकारीहरुले जनाएका छन् । उहाँले प्लाष्टिकको पुनर्प्रयोगका लागि रचनात्मक काम गर्न दुई करोड अष्ट्रेलियाली डलरको कोष बनाइएको घोषणा पनि गर्नुभयो । सिड्नीमा उहाँले बुधबार यो कोषसहितको […]

हवाई आक्रमणमा दश लडाकू मारिए

बग्दाद, २८ साउन । इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी सोमबार दश जनाको मृत्यु भएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आइएस) का लडाकू रहेका जनाइएको छ । इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय (सिटिएस)को संयोजनमा अहिले सुरक्षा कारबाही तिब्र पारिएको अधिकारीहरुले जनाएका […]

केरलामा बाढीले ८८ जनाको मृत्यु, ४० बेपत्ता

केरला, भारत, २८ साउन।भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो । यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको प्रहरीले जनाएको छ । केरला राज्यका जिल्लाहरुमा […]

इथियोपियामा दोस्रो औद्योगिक क्षेत्र बनाउन सहमति

आदिस अबाबा, २८ साउन । अफ्रिकी मुलुक इथियोपियामा ३० करोड अमेरिकी डलरको लागतमा नयाँ औद्योगिक क्षेत्र बनाउन चीन र इथियोपियाबीच सहमति भएको छ ।थियोपियास्थित चिनियाँ वाणिज्यदूत लिऊ यूले राजधानी आदिस अबाबाबाट करिब ९९ किलोमिटर दक्षिणपूर्वी शहर अदामामा यो औद्योगिक क्षेत्र बन्न लागेको जानकारी दिए । यो परियोजना सन् २०१९ भित्रै निर्माण शुरु गर्ने तयारी भइरहेको […]

चीनमा प्रत्यक्ष वैदेशिक लगानी बढ्यो

बेइजिङ, २८ साउन । चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा) अर्थात् करिब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ । जुलाईमा मात्र अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा […]

कश्मीर विवाद: ‘आँधी आउनुअघिको शान्ति झैँ’

भारत सरकारले झन्डै ७० वर्ष लामो विशेष संवैधानिक हैसियत रद्द गरिदिएपछि सोमवार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ। कश्मीर क्षेत्रमा दुई दिन घुमेपछि बीबीसीकी गीता पाण्डे भन्छिन्, धोका पाएको तीतो अनुभूतिले उक्त क्षेत्रमा ताजा द्वन्द्व जन्माउनसक्छ। श्रीनगरको केन्द्रमा रहेको खानयार भारत विरोधी प्रदर्शनका लागि चिनिने क्षेत्र हो। लगभग २४ घण्टा नै कायम रहेको […]