प्रधानमन्त्रीद्वारा राजिनामा दिने घोषणा

एजेन्सी । इटालीका प्रधानमन्त्री जिसेपी कोन्टेले छिट्टै राजिनामा दिने तयारीमा रहेको मङ्गलबार बताउनुभएको छ ।

मङ्गलबार दिउसो संसदलाई गरेको सम्बोधनमा संसदमा चलेको बहससकिँदा बित्तिकै आफूले राष्ट्रपतिलाई भेट गरी राजिनामा दिन लागेको खुलासा गरेका इटालीका सञ्चारमाध्यमले जनाएका छन् । संसद्मा प्रधानमन्त्री विरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव छलफल भइरहेको र प्रधानमन्त्रीले आफ्नो पक्षमा सांसदको बहुमत नपुग्ने देखेपछि उक्त घोषणा भएको हो ।

प्रधानमन्त्री कोन्टेलाई उद्धृत गर्दै इटालीका सञ्चारमाध्यमले भनेका छन्, “संसद्को बैठक सकिँदासाथ मैले राष्ट्रपतिलाई सरकारमा रहँदाको अनुभव आदानप्रदान गर्ने र राजिनामा दिने निर्णय लिएको छु ।”

प्रधानमन्त्रीको उक्त घोषणा सरकारमा दक्षिणपन्थी धारका गृहमन्त्री मट्टेओ साल्भिनीले यसै महिना (अगस्ट)को शुरूमा प्रधानमन्त्रीविरूद्ध संसदमा अविश्वासको मत दर्ता गराएपछि प्रधानमन्त्री राजिनामा दिने सोचमा पुगेका थिए ।

इटालीमा प्रधानमन्त्रीलाई हटाई मध्यावधि निर्वाचनको घोषणा गर्ने तयारीसाथ बहुमत सांसदको सहयोगमा गृहमन्त्रीले अविश्वासको प्रस्ताव दर्ता गरेका थियो ।