ब्राजिलमा बन्धक बनाइएका सबै नागरिक सकुशल रिहा

एजेन्सी । ब्राजिलको पर्यटकीय शहर रियो द जनेरियोमा बन्धक बनाइएका सबै बस यात्रु सकुशल रिहा भएका स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागी अपहरणकारीको मृत्यु भएको छ । एक प्रहरी अधिकारीले भने, “प्रहरीले अपहरणकारीको पञ्जाबाट बन्धक नागरिकलाई करिब चार घण्टाको अथक प्रयासपछि नियन्त्रणमा लिन सफल भएको छ ।”

प्राप्त पछिल्लो जानकारीअनुसार अपहरणकारीले ३१ जनालाई बन्धक बनाएको भएपनि चार महिला र दुई पुरूष तत्काल भाग्न सफल भएका थिए भने बाँकी २५ जनालाई प्रहरीले सकुशल उद्धार गरेको हो । अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा गोली लाग्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

बन्धक बनाइएका कुसैलाई पनि कुनै चोट नलागेको र उनीहरूलाई अहिले आफन्तको साथ लगाएर पठाउने तयारी भइरहेको ब्राजिलको प्रहरीले बताएको छ ।

एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले बताएका यस पहिले एएफपीले दिएको जानकारीमा उल्लेख थियो ।