२७ साउन, हङकङ । प्रदर्शनका कारण हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरुको उडान र अवतरण ठप्प भएको छ । दशौं हजार प्रदर्शनकारीहरु आगमन कक्षमा प्रवेश गरी प्रदर्शन गर्न थालेपछि हङकङ विमानस्थलको सम्पूर्ण उडान र अवतरण रोकिएको अधिकारीले जनाएका छन् । विमानस्थलले विज्ञप्ति जारी गर्दै सोमबारका लागि सम्पूर्ण उडान तथा अवतरण बन्द गरिएको जनाएको हो । मानिसहरुको प्रदर्शनका […]
विश्व
चट्याङबाट एकप रिवारको तीन मारिए
हनोइ, २७ साउन। भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारको तीन सदस्य मारिएका छन् । मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन् । ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो मैदानमा काम गरिरहेका थिए । यस वर्षको सात महिना […]
अमेरिका र तालिबानको वार्ता सकियो
काबुल, २७ साउन । संयुक्त राज्य अमेरिका र तालिबानबीचको वार्ता गएराति सकिएको छ । यी दुई पक्षबीचको यो आठौँ चरणको वार्ता भएको थियो । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद्दीनले कतारको राजधानी दोहामा भएको सो वार्ता गए राति सम्पन्न भएको जानकारी दिए । उनका अनुसार अमेरिकासँगको आठौँ चरणको वार्ता दोहामा गए राति सम्पन्न भएको छ र यस […]
सुरक्षा कारबाहीमा अमेरिकी सेना मारिएको पेन्टागनको पुष्टि
वासिङटन, २७ साउन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आफ्ना एक नौसैनिक मारिएको पुष्टि गरेको छ ।इराकको नाइनवाह प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा ती सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको समाचारमा जनाइएको छ । शनिबार कारबाहीका क्रममा ती सैनिकको मृत्यु भएको पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई विद्रोहीले हत्या गरेको अनुमान गरिएको सो विज्ञप्तिमा […]
‘लेकिमा’बाट ४४ नागरिकको मृत्यु, १६ जना अझै बेपत्ता
हाङचाउ चीन, २७ साउन । चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार […]
ब्रेक्जिट छलफलका लागि जोनसनले आयरल्याण्डका समकक्षी वारदकरसँग भेट्ने
डबलिन, आयरल्याण्ड, २६ साउन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन आयरल्याण्डका प्रधानमन्त्री लिओ वरदकारसँग यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमनका बिषयमा वार्ताका लागि निकट भविष्यमा डबलिन जाने भएका छन् । यद्यपि भ्रमणबारे छलफल चलिरहेको र दुबैतर्फबाट भ्रमणका एजेन्डामा गृहकार्य भइरहेको आयरल्याण्डको अर्ध सरकारी सञ्चारमाध्यम आरटीईले प्रधानमन्त्रीका प्रवक्ताद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी आइतबार बताएको छ । विज्ञप्तिमा भनिएको छ, […]
पूर्वी चीनमा आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १८ वेपत्ता
हाङचाओ, चीन, २६ साउन । चीनमा शनिबार ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । आँधीले करिब २५ हजार घरहरूमा क्षति पु¥याउनुका साथै १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पु¥याएका प्रारम्भिक अनुमान छ । आँधी चीनको च […]
यमनको एडेनमा साउदी हवाई आक्रमण
एडेन, २६ साउन । साउदी अरेबियाले आइतबार यमनमा सक्रिय अर्को पृथकतावादी समूह दक्षिणी संक्रमणकालीन परिषद (एसटीसी) सँग आबद्ध सेना विरुद्ध हवाई आक्रमण गरेको छ । नाम बताउन नचाहने एक साउदी अधिकारीले यमनको एडेनस्थित सरकारी संस्थाहरुमाथि आक्रमण गर्ने एसटीसीमाथि हवाई कारबाही गरिएको जानकारी दिए । यो चेतावनीस्वरुप गरिएको पहिलो कारबाही रहेको पनि उनले बताए । उनले […]
बालयौन दुराचारी एप्स्टाइनको आत्महत्याले खैलाबैला
न्यूयोर्क, २६ साउन । बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् । एक बालिकाले गरेको उजूरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि यौन शोषण गरेको तथा […]
भेनेजुएलालाई क्युबाली राष्ट्रपतिको समर्थन
हवाना, २६ साउन । क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले अमेरिका समेतका पश्चिमी मुलुकको बहिस्करणमा परेको भेनेजुएला सरकारमाथि पुनः समर्थन जनाएका छन् । राष्ट्रपति डायाजले अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको प्रतिष्ठा र क्षमतालाई कसैले होच्याउन नसक्ने बताएका छन् । राष्ट्रपतिले शनिबार गरेको ट्वीटमा भनिएको छ, “भेनेजुएलाका जनताको बोलिभार क्रान्तिकारितालाई कुनै पनि बाह्य शक्तिले तोड्न सक्दैन […]











