पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

म्यानमार, २६ साउन । म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार ब्हिानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् । तीमध्ये […]

छोरा राहुललाई पछाडि हटाएर भारतीय कांग्रेसको अध्यक्षमा फेरि सोनिया गान्धी

काठमाडौैं । भारतीय कांग्रेसको अध्यक्ष फेरि सोनिया गान्धी बनेकी छिन्। यससँग भारतीय कांग्रेसको नेतृत्व फेरि पनि गान्धी परिवारमै रहने विरासत कायमै रहेको छ । यसअघि पनि सोनिया लामो समय पार्टीको अध्यक्ष थिइन । पछिल्लो समय उनले छोरा राहुललाई जिम्मा लगाएर निस्कृय भएकी थिइन । छोरा राहुल गान्धीले गत निर्वाचनमा पार्टी नराम्ररी पराजित भएपछि पदबाट राजीनामा […]

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु

दार एस सलाम, २५ साउन । पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ । प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी […]

आँधीका कारण चीनमा १३ को मृत्यु, १६ बेपत्ता

बेइजिङ, २५ साउन । चीनको पूर्वी क्षेत्रमा शनिबार बिहान आएको आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट अरु १६ जना भन्दा धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् । आँधीसँगै वर्षा पनि भएको थियो भने विद्युत सेवा अवरुद्ध भएको छ । अधिकारीहरुले हजारौं रुख ढलेको र दश […]

अमेरिकामा हिंसा: गोलि काण्डमा परि एकै वर्षमा ४० हजारको मृत्यु

काठमाडौं, २५ साउन । सुन्दा पत्यार लाग्दैन, तर अमेरिकामा एकै वर्षमा बन्दुकसँग सम्बन्धित हिंसाका कारण सन् २०१८ मा ४० हजारको मृत्यु भएको थियो । अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन् । यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको […]

भारतीय सांसद भन्छन् “चीन भारतको एक नम्बरको शत्रु”

भारतको सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का एक सांसदले ‘चीन भारतको एक नम्बरको शत्रुु’भएको बताएका छन्। जम्मू-कश्मीरलाई दिइएको विशेष मान्यता भारतले खारेज गरेपश्चात्‌ चीनले जनाएको प्रतिक्रियापछि सांसद राकेश सिन्हाले त्यस्तो बताएका हुन्। बीबीसी हिन्दी रेडियोका सम्पादक राजेश जोशीसँगको विशेष कुराकानीमा सिन्हाले पाकिस्तानलाई विश्वको कुनै पनि इस्लामिक मुलुकको समर्थन नरहेको दाबी पनि गरे। भारतले आफ्नो आन्तरिक मामिलामा […]

उत्तर कोरियाले फेरि गर्‍यो छोटो दुरीका बलिस्टिक मिसाइलु प्रक्षेपण

उत्तर कोरियाले पुनस् समुद्रमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। योसहित उसले केही हप्तायता गरेको पाँचौ प्रक्षेपण हो। दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका बलिस्टिक मिसाइल हुन सक्ने बताएको छ। त्यसको पुष्टि भइसकेको छैन। तर छोटो दुरीका बलिस्टिक मिसाइल प्रक्षेपण गर्नु संयुक्त राष्ट्रसङ्घको सुरक्षापरिषद्का ११ वटा प्रस्तावको उल्लङ्घन हुन्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले […]

कोपेनहेगन प्रहरी कार्यालय बाहिर बिस्फोट

स्टकहोम, २५ साउन । डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै बिस्फोट भएको छ । प्रहरीका अनुसार उक्त घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन् । डेनमार्कमा अघिल्लो दिन पनि राष्ट्रिय कर कार्यालयमा यस्तै बिस्फोट भएका थिए । टेलिभिजन फुटेजमा प्रहरी कार्यालयको ढोका फुटेको र भवन बाहिर भग्नावशेष देखिएको […]

रुसमा क्षेप्यास्त्र परीक्षण दुर्घटनामा पाँचको मृत्यु

मस्को, २५ साउन । रुसको उत्तरी ध्रुवीय क्षेप्यास्त्र परीक्षण स्थलमा बिस्फोट हुँदा पाँच जना कर्मचारीको मृत्यु भएको रुसी आणविक विभाग (रोसाटोम)ले शनिबार जनाएको छ । तरल इन्धन सञ्चालित रकेट इन्जिनको परीक्षणका क्रममा बिहीबार उक्त दुर्घटना भएको थियो । यो घटना रुसको दुर्गम अर्खानजेलेस्क क्षेत्रमा भएको थियो । रोसाटोमले जारी गरेको वक्तव्यमा आफ्ना पाँच जना कर्मचारीको […]

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

याङ्गुन, २५ साउन । अत्यधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ । देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो । “आज विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्,” पाउङका प्रशासक उ जाव मोए औङले सिन्ह्वालाई […]