आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडालाई चीनको आग्रह

बेइजिङ, ३ भदौ, । चीनको परराष्ट्र मन्त्रालयद्वारा हङकङ समस्याबारे आएका भनाइप्रति चासो व्यक्त गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडासँग आग्रह गरेको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा क्यानाडाले हङकङ मामिलाबारे छलफल गर्ने ‘अधिकार र योग्यता’ नभएको बताउँदै चीनले क्यानाडासँग हङकङ समस्यामा सतर्क भएर बोल्न वा गतिविधि गर्न कडाइका साथ आग्रह गरेको बताइन् ।

प्रवक्ता कङ श्वाङले भनिन्, “क्यानाडाले चीनको गम्भीर अडानको वेवास्ता गर्दै अन्तर्राष्ट्रिय ऐन र सम्बन्धको आधारभूत सिद्धान्त विपरीत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा चीनले कडा असन्तुष्टि रहेको छ । चीन यसको दृढताका साथ विरोध गर्दछ ।

हङकङ चीनको आन्तरिक मामिला हो भन्दै कुनै पनि मुलुक, संगठन र व्यक्तिले यस मामिलाको हस्तक्षेप नगर्न प्रवक्ता कङले जोड दिइन् ।

हालै क्यानाडाका विदेश मन्त्री क्रिस्टिया फ्रिलान्डले हङकङ परिस्थितिबारे वक्तव्य प्रकाशित गरेपछि चीनको उक्त भनाई आएको हो । चालू वर्षको मे महिनायता फ्रिलान्डले हङकङ समस्याबारे विभिन्न तीन मितिमा वक्तव्य प्रकाशित गरेका थिए ।

Loading...