एभिसी भलिबलः अफगानिस्तान विजयी

काठमाडौँ, ३ भदौ । एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तान विजयी भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ३–२ सेटले हराएको हो ।

अफगानिस्तानले बङ्गलादेशलाई २५–२१, १९–२५, १८–२५, २५–२३ र १५–१२ अङ्कले पराजित गरेको हो । जितसँगै समूह ‘बी’ मा रहेको अफगानिस्तानले दुई अङ्क जोडेको छ । जितसँगै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायम राखेको छ । पहिलो खेलमा अफगानिस्तान तुर्कमेनिस्तानसँग पराजित भएको थियो । बङ्गलादेशको यो लगातार दोस्रो हार हो । हारसँगै बङ्गलादेशको सेमिफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा बङ्गलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो ।

Loading...